पूजा गर्दागर्दे दलितको घर भन्ने थाहा पाएर भागेका पण्डित प्रहरी हिरासतमा



कपिलवस्तुको शिबराज नगरपालिका ५ चनौटाका मिलन बिकले कार्तिक ३० गते आफ्नो घरमा घर पैचो , सत्यनारायणको पुजा राखेका थिए पुजा गर्ने पण्डित गाउँकै कृष्ण पौडेलको सहयोगमा बोलाएको थियोे ।

कार्तिक ३० गते बिहान ८ बजेतिर आएका पण्डित द्वयले बिकको घरमा सत्यनारायणको पुजा शुरु गरेका थिए पुजाको विधि लगभग आधाजती सकिए पछी उनीहरुले पुजा गरेको घर दलितको हो भन्ने थाहा पाएका थिए । कसैलाई नभनी सुट्क्कै पण्डित भागे पछी खैलाबैला नै मचिएको थियोे । बिकले केही बेर त पर्खे तर ऊनीहरु भागेको कुरा थाहा पाए पछी बाकी पुजा नै रोकिएको थियोे ।

मिलन बिक भन्छन् , अरु केही कारण होईन हामी दलित  भएको कारण नै पण्डितहरुले पुजा छोडेर गएका हुन् । पण्डितहरुलाई म चिन्दिन कन्ट्याकबाट ल्याएको हो । घटना भए पछि सम्पर्क गर्न खोज्दा र छलफलको लागी बोलाउदा पनि उनिहरु आएनन् । मिडियामा यो घटना आए पछी सबैको चासो बढेको र उनीहरुलाई कानुनी कारवाहीको समेत सबैबाट माग आएको हुँदा यो मुद्दा र घटना मेरो घरमा र म पात्र भए पनी सिङ्गो समुदायको मुद्दा भएको हुँदा म न्यायको लागी कानुनी प्रक्रियामा गएको हो ।

इनेस्पेक्टर मोति योन्जनका अनुसार आज पन्डित भिम प्रसाद आचार्यलाई नियन्त्रणमा लिएको र पीडित मिलन बिकले दिएको छुवाछूतको जाहेरी आज लिए पनि भोलि १० बजे दर्ता हुने बताएका छन् । पन्डित आज प्रहरी नियन्त्रणमा रहेको बताएका छन् । दुई पन्डितलाई जाहेरी दिए पनि अर्का एक जना भने सम्पर्क बिहिन छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्