हराउदै मौलिकता



गिरिराज नेपाली

दाङ, ७ कार्तिक । यस वर्षको तिहारमा पनि सवैका घर झिलिमिली देखिए, भैले खेलिए, देउसे नाँचिए र सवैका गलामा माला सजिए । तर तिहारका मौलिकता ति झिलिमिल ,भैले , देउसे र फुलका मालाहरु कतै छोएनन् । घरभरी बिद्युतिय झिलिमिली, चर्काे–चर्काे स्वरको व्याण्ड बाजाको डिस्को भैलो, कृत्रिम मालाले यस पालीको तिहार सकियो छ ।

कला–संस्कृति ,भेषभुषा–भाषाभाषी र धर्म–संस्कृति एक पहिचान हो । कला संस्कृतिले समुदायको चिनारी खुलाउने गर्दछ । तिनै पहिचाका संस्कृतिहरु पछिल्लो समय लोपोन्मुख बन्दै गईरहेका छन । पश्चिेमी संस्कृतिको विकास संगै नेपाली मौलिकता पहिचान नासिदै गईरहेको संस्कृतविद डा. गोविन्द आचार्यले बताउनुभयो ।

बहु–साँस्कृतिक, बहु–भाषिक र बहु–भाषिक रहेको नेपाल र रहेका नेपालीले आफ्ना परम्परागत मौलिक साँस्कृतिक चालचलन लाई विर्सदै जान थालेका छन । दशैमा बजाईने मालश्री धुन , तिहार गाईने देउसी रे ,भौले र त्यो संगै नाँचिने नाँच र गाईने ठाडाभाँकाहरु पनि फेरिदै जान थालेका छन ।

अझै खास गरी अन्य पर्वहरु भन्दा तिहारले आफ्नो मौलिकता ह्वात्तै फेरिदिएको छ । घर–घरमा बालिने दियो देखी दाजुभाई पुज्ने फुलहरु सम्म सवै फेरिदै जानथालेकाले नेपाली मौलिकता पनि फेरिदै जानथालेका संस्कृत विद डा. आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, –‘पश्चिमेली संस्कारको हावीले नेपाली मौलिकता बिलाउन थालेका छन । ’ संस्कार–संस्कृति भेषभभाषा मौलिकता पुस्तान्तरण संगै परिर्माजित वन्दै गईरहेकाले नेपाली मौलिक परम्परागत कला–संस्कृतिहरु लोपोन्मुख बन्दै गईरहेको उहाँले बताउनुभयो । तिज, दशै र तिहारमा गाईने गित र नाँचिनहरु जवरजस्ती फेरिदै गईरहेको छन । परम्परागत मौलिक संस्कृतिहरुमा व्यापार र आर्थिक मोहोका कारण फेरिदै लगिएको छ । तिज, दशै र तिहारका गितहरुमा कुनै मौलिकता भेटिदैनन् । गितकार, कलाकार, गायककारहरुले पैसा कमाउने उद्देश्यले ति मौलिकता लाई ‘मोडिफाई ’ गरी बजारमा ल्याउने गर्दा नेपाली मौलिकता परम्परा र कला संस्कृतिहरु फेरिदै जान थालेको विज्ञ डा. आचार्यले बताउनुहुन्छ ।


दशैमा दाङको प्रसिद्ध थारु नाँच ‘छोक्रा, सख्यापैया , बर्का नाँच ’ दशैमा दाङ सहित तराईका धेरै जिल्लाहरुमा नाँचिन्छ । तिहार दाङ सहित राप्तीका पहाडी जिल्ला रोल्पा, प्युठान, सल्यान, रुकुम नाँचिने सारैया नाँच ‘मयुर नाँच ’ टप्वा, पैसेरी र स्थानिय लोकनृत्य र बाजागाजाहरु हिजोआज बिरलै बज्ने र बिरैलै नाँचिन्छ । पछिल्लो पुस्ताहरुमा ति लोककला संस्कृतिहरुका पुस्ततान्तरण भए संगै ति मौलिकताको मोहो युवाहरुले बिर्सदै जानथाले पछि नेपाली परम्परागत मौलिकता लाई पश्चिेमली संस्कारले हराउदै लगेको उहाँले बताउनुभयो ।

तिहारमा सैरेलु र भैलारुले खेलिने देउसी÷भैलो भट्टाईने गित , बजाईने बाजाहरु , घर–घरमा राखिने झिलिमिली विद्युतिय बत्तीले तिहारको मौलिकता लाई हराईदिइ सकेका छन । केही समय पहिला देउसी÷भैलोमा दिदि–भाई, दाजु बहिनीका माया प्रेम स्नेह , दुख वेदना, हाँसोरंगका कुरा हुन्थ्ये । देवीदेवता देखी आमाबाबु सम्मका आर्शिवादका कुरा गरिन्थे । तर पछिल्लो समय त्यो फेरिदै–फेरिदै अडियो रेकर्डेट व्याण्डबाजा सिस्टिममा भैलो÷देउसी गित पुगेका छन । घरमा बालिने दिपावली दियो पनि फेरिएको छ । कतै–कतै, कसै–कसैका पुराना मान्छेका घरमा माटाका पालाको बत्ति बालिएको हुन्छ । अन्यथा सवैका घरघरमा रग्वििरंगीका बिद्युतिय झिलिमिली बलेका हुन्छन ।

जति पुस्ता फेरिदै छ । उति नै परम्परागत साँस्कृतिक मौलिकताहरु फेरिदै गईरहेका छन । संस्कृतिको विचलन संगै सामाजिक सभ्यता र सामाजिक मर्यादा पनि पछिल्लो युवाहरु बिर्सिदै जानथालेको मावि संक्राम शिक्षक एंव सामाजिक अभियान्ता भिविषन रोकाले वताउनु हुन्छ । उहाँले भन्नुभयो– ‘ परम्परागत संस्कृतिक कला संरक्षणका लागि हामीले जनदेउराली युवा क्लव स्थापना गरी परम्परागत नाँचगाँनको संरक्षणमा युवाहरु लाई जुटाउने प्रयत्न गरेका छौ । ’ तिहारको देउसी ÷भैलो संगै सारङगे नाँच नाँचिरहेका छौ ।

राप्तीको प्रसिद्ध सारगे ‘मयुर’ नाँच पछिल्लो समय लोपोन्मुख बन्न थाले पछि गाँउका केही युवाहरुको सक्रियतामा यो नाँच जोगाउन युवाहरु कसिएका छौ । उहाँले भन्नुभयो– ‘हामीले परम्परागत मौसलकता हराउन नदिनका लागि सामुहिक यो प्रयास गरेका हौ । ’ तर युवाहरुमा अझै केही सकारात्मक सोचको विकास हुन सक्दैन तव सम्म्म मौलिकता विकास पनि असम्भव रहेको उल्लेख गर्दै उहाँले थप्नुभयो– संस्कृतिको रक्षा नहुने हो भने सामाजिक नैतिकता र मर्यादा अस्वभानिय बन्न सक्छ । संस्कृतिको विलय संगै सामाजिक मर्यादा पनि खस्कदै गईरहेकाले मौलिकताको रक्षा सभ्यताको परिचय हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्