टप फिचर

नवनियुक्त श्रम मन्त्री यादवलाई व्यवसायी गुरुङको खरो शुभकामना

By थाहा अनलाइन

November 21, 2019

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पुर्व अध्यक्ष रोहन गुरुङले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेस्वर राय यादवलाई शुभकामना दिँदै बेरोजगार युवा विदेश गए देश बन्दैन भन्दै विदेश जाने युवा र पठाउने म्यानपावर प्रति नकारात्मक दृष्टी लगाउने कार्यले निरन्तरता पाउने भए म्यानपावर बन्द गराउन सुझाव दिएका छन् ।

आफ्नो सामाजिक संजालमा अभिव्यक्ति सार्वजनिक गर्दै उनले वैदेशिक रोजगार क्षेत्रमा अवसर र चुनौती दुवै भएको बताएका छन् । उनले लेखेका छन्, वैदेशिक रोजगारको समस्या मात्र देखाएर डलरमा तलब खाने, लेख बेच्ने देखि देशको अर्थतन्त्र प्रति जिम्मेवार र चिन्तित बनेकाहरु पनि तपाईंको कार्यकक्षमा भिड लाग्ने पक्का छ ।

उनले व्यवसायीहरुलाई मात्र आरोप लगाएर आफु लोकप्रिय भएको भ्रममा नपर्न भन्दै पूर्व मन्त्रीप्रति कटाक्षसमेत गरेका छन् ।

तुलनात्मक रुपमा व्यवसायीप्रति कडा रबैया देखाएका मन्त्री विष्टको बहिर्गमनबाट व्यवसायीहरु उत्साहित भएको स्रोतको दावी छ ।