सुरु भयो बहुउद्देश्यीय सभाहल निर्माण ‘डेलिगेशनमै पाँच वर्ष ’



 

सैघाली खबर

दाङ, ७ कार्तिक । २०६९ सालमा शिलन्यास गरी निर्माण प्रक्रिया थालनी गरिएको सभाहलको ४ वर्षपछि हिजो मंगलवार देखी भर्खर निर्माण सुरु गरिएको छ । सभाहल निर्माणका लागि ४ वर्ष प्रक्रिया अघि वढे पनि सभाहल निर्माणले वैधानिकता नपाउदा सभाहल निर्माण सुरु हुन सकेको थिएनन्् ।  

सभाहल निर्माणका शिलन्यास देखी जग्गा व्यावस्थापन हुदै अन्य स्थानिय कामकाज सकिए पनि नेपाल सरकारले वजेट व्यावस्थापन र सरकारी अनुमति समय दिन नसक्दा केही वर्ष सभाहल निर्माण प्रक्रिया डेलिगेशन अल्झीएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘संघले ५ वर्ष अघि नै सभाहलको शिलन्यास गरे पनि निर्माण प्रक्रियाले वैधानिकता नपाउदा सकेकाले निर्माण रोकिएको थियो । ’ नेपाल सरकारले पश्चिम नेपालको बहुवर्षिय आयोजना मध्ये बहुउद्देश्य सभाहल निर्माण लाई पनि प्राथामिक्तामा राखी सभाहलका निर्माणका लागि २६ करोड, ७७ लाख, १८ हजार, ९ सय रुपैया बिनियोजन गरी सभाहल निर्माण लाई नितिगत रुपमा अघि सारे संगै सभाहल निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।

नेपाल सरकारले निर्माण स्वीकृत दिनमा ढिलाई गरेकाले निर्माणमा लागि पटक– पटक डेलिगेशन र भेटघाटमा संगै अन्य आन्तरिक व्यावस्थापनमा सभाहल निर्माणको ४ वर्ष बितेको अध्यक्ष भुषालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ सभाहल निर्माणमा केही ढिलाई भएकै हो । ’ तर अब त्यो ढिलाई हुने छैन ।

दाङको समृद्धि र दिगो विकासको मध्येकै बहुवर्षिय आयोजनाको सभाहल निर्माण सुरु गर्न गर्न लागिएको छ । पश्चिम नेपालमै पहिलो अन्र्तराष्ट्रिय स्तरको बहुउद्देश्य सभाहल निर्माणमा गर्न लागिरहेकाले दाङको आर्थिक समृद्धि र विकासका लागि सभाहलले थप योगदान पु¥याउनले उहाँले वताउनुभयो ।

दाङको विकासमा एउटा ईट्टाको रुपमा उत्पत्ती हुदै गरेको बहुउद्देश्य सभाहल निर्माण दाङ र राप्ती वासीको मात्रै गौरवता नभई प्रदेश न. ५ र पश्चिम नेपाल गौरवका रुपमा देखा पर्दै गईरहेको छ । यस लाई सफल बनाउनु दाङवासी सवैको दायित्व रहेको पनि रहेको छ । प्रान्तिय राजधानीको चर्चामा रहेका दाङ लाई पुर्वाधार निर्माण र राजधानी हुन सक्ने सम्भावनाका रुपमा सभाहल देखा परेकाले सभाहल निर्माण लाई समय सम्पन्न गरी दाङ लाई बहुउद्देश्य सभाहलको जिल्लाका रुपमा चिनारी दिलाउनु दाङवासीको जिम्मेवारी रहेका भुषालले बताउनुभयो ।

नेपाल सरकारले २६ करोड, ७७ लाख, १८ हजार, ९ सय रुपैयाको मध्ये जिल्ला उद्योग वाणिज्य संघले दाङले पनि सभाहल निर्माणका लागि ०६९ र ७२ सालको सम्पन्न व्यापरिक महोत्सव वाट ७५ लाख ९९ हजार रुपैया छुट्याएको छ ।
जग्गा व्यावस्थापन, सभाहल नक्सा डिजाईन, सभाहल निर्माण परिसर तारवार र मोही लगत कट्टी लगाएत अन्य गरी ६२ लाख, ६१ हजार २ सय रुपैया खर्च भईसकेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले जानकारी दिनुभयो । उहाँले भन्नभुयो – ‘ सभाहल निर्माणको व्यावस्थापन मिलानमै ५ वर्ष वित्यो । ’

३० महिनामा निर्माण सकिने
घोराही उपमहानगरपालिका वडा न. १४ को पुरानो वसपार्क अवस्थित १९ कट्ठा १७ धुर मध्ये १२ कट्ठा ८ धुरमा निर्माण हुन लागिएको बहुउद्देश्य सभाहलको अवको ३० महिना निर्मा सकिने निर्माण कम्पनीले जनाएको छ ।

बंगलामुखी गौरी पार्वत निर्माण कम्पनीले ०७४ असार ३१ गते सम्झौता पत्रमा हस्ताक्षर गरी ०७६ पौष मसान्त सम्ममा निर्माण सम्पन्न गरी सम्वन्धीत पक्षलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीका सञ्चालक रामकुमार थापाले जानकारी दिनुभयो । सम्झौतथा भएको मिति देखी हाल सम्म वर्षात र चार्डपर्वका कारण निर्माण रोकिएकाले मंगलवार वाटै निर्माण सुरु गरी ३० महिना सभाहल निर्माण सक्ने लक्ष्य रहेका थापाले बताउनुभयो ।

सम्झौता भएको बितेको ३ महिना जनशक्ति व्यावस्थापनका लागि केही ढिलाई भएको थापाले बताउनुभयो । निर्माण सम्झौता लगत्तै खेतीपाती र चार्डपर्वका समय सुरु भएकाले सम्झौता लगत्तै निर्माण सुरु गर्न नसकिएको उल्लेख गर्नुभयो । करिव ५ सय देखी साढे ६ सय क्षमताको ३ तले भवन निर्माण हुने छ ।

यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघले मंगलवार सभाहल निर्माण स्थलमै सभाहल निर्माण विषेक जानकारी कार्यक्रम सम्पन्न गरेको थियो । संघका अध्यक्ष नारायण प्रसाद भुषालको अध्यक्षता एंव घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुृख आतिथ्यतामा जानकारी मुलक कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि नगर प्रमुख चौधरीले सभाहलले दाङ शोभा लाई उचो चुलाउने बताउदै सभाहल निर्माणका लागि सवैले सक्दो सहयोग पु¥याउनुपर्ने आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सह–ईन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’ नेकपा एमाले सचिवालय सदस्य शरद अधिकारी र नेपाली काँग्रेसका श्याम प्रसाद सुवेदीले पनि आफ्ना प्रतिवद्धता सहित सभाहल निर्माणका लागि सकारात्मक भुमिका खेल्ने जनाएका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य राम प्रसाद सुवेदीको स्वागत मन्तव्इ वाट सुरु भएको कार्यक्रममा सदस्य धनिपति शर्माले धन्यावाद ज्ञापन गर्नुभएको थियो । भने कार्यक्रमको सहजीकरण महा–सचिव नरेश कार्कीले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्