बधशालामै फोहरको थुप्रो , अटेरी गर्ने व्यावसायीको मासु जफत गरी डम्पीङ साईडमा गाडियो



जनक नेपाली
दाङ, ८ कार्तिक । घोराही स्थित घोराही स्थित रागाँ काट्ने बधशाला पुग्दा निकै फोहर देखिन्थ्यो । स्थानिय सर्वसाधारण बर्षाे देखि त्यही फोहर ठाउँमा काटेको मासु खान बाध्य भएका छन् । बधशालाका कारण वरपर दुगन्र्ध फैलिएको बधशालामा काम गर्दै आएको कार्यरत एक व्यक्तिले जानकारी दिनुभयो । जसका कारण सर्वसाधारण फोहर मासु खान बाध्य भएको उहाँले वताउनुभयो । मासु काट्ने ठाउँमा फोहरको थुप्रो भएका कारण त्यसलाई व्यवस्थित बनाउँने कुरामा कसैले चासो नदिएको नाम बताउने सर्तमा भन्नुभयो । रागाँको मासुको निहुमा रोगले मर्न थालेका भैसी समेत काट्दै आएको वताउँदै मासु पसल पसलेहरुले समेत त्यही मासु खुलेआम विक्री गर्दै आएको उहाँको भनाई छ ।जसका कारण सर्वसाधारणलाई मासुले स्वास्थ्यमा प्रतिकुल असर प¥र्याएको छ ।
अव्यवस्थित रुपमा संञ्चालन भएका मासु पसलहरुले खुल्ला रुपमै विक्रिवितरण गरी रहे पनि सरोकारवाला निकायहरु उक्त कार्य लाई रोक लगाउन अझै सकेका छैनन । वेला वेलामा हुने मौसमी अनुगमनले खासै प्रभाव पारेको पाईदैन । जसका कारण मासु पसलहरु नियम विपरित नै संञ्चालन भईरहेका छन । मासु पसलहरु तारजाली गरी सफा र व्यवस्थित तरिकाले संञ्चालन गरी विक्रि वितरण गर्न स्थनिय निकायहरुले निर्देशन दिए पनि मासु पसलेहरुले त्यो निर्देशन लाई लत्याउदै जथाभावी रुपमा विक्रि वितरण गरीरहेको घोराही उप–महानगरपालिकाले जनाएको छ । घोराही उप–महानगरपालिका शाखा अधिकृत सुवोध रेग्मीले मासु पसलहरु लाई व्यवस्थित गर्न नगरपालिकाले अनैको प्रयास गरे पनि त्यो प्रयास निकै चुनौती पुर्ण वन्दै गएको वताउनुभयो । रेग्मीले भन्नुभयो ‘नगरपालिका संग साधन स्रोतको अभाव , पसलेलेहरुको लापरवाही र उपभोक्ताहरु ठगिएको वताउँनुभयो ।

बधशाला निर्माण कार्य अलपत्र
व्यवस्थित रुपमा सञ्चालन गर्ने भनिएको बधशाला निर्माण कार्य अलपत्र परेको छ । मासु पसल लाई व्यवस्थित गराउन नगरपालिकाले वंधशाला निर्माणका लागि समेत योजना अघि सारेको थियो । विविधि कारण त्यो वधशाला निर्माण कार्यले तिव्रता पाउन नसकेको वताउनुभयो । जग्गा अभावका कारण वधशाला निर्माण अन्यौलमा परेको रेग्मीको भनाई छ । करिव ४ कट्ठा क्षेत्रमा घोराहीको अम्वकेश्वरी पुल छेउमा वधशाला निर्माण कार्य सुरु गरे पनि त्यो कार्यले अझै पुर्णत नपाउदा अन्यौलमा परेको उहाँको भनाई छ । वताए ।यस्तै घोराहीको नयाँ वजारमा करिव १२ वटा रागाँ मासु पसल ५ वटा वँगुर मासु पसल र करिव १० वटा खसी मासु पसलहरु संञ्चालनमा रहेका छन ।जिल्ला पशु सेवा कार्यालय दाङले पशुजन्य वस्तुलाई उपभोक्ता स्वास्थ्य मुखी वनाउनका लागि विभिन्न प्रयास गरे पनि त्यो प्रयास खाँसै उपलव्धी मुलुक वन्न नसकेको पनि स्वीकार गरेको छ । मासु पसलहरु लाई व्यवस्थित गरी सफा र गरी विक्रि वितरण गर्न अनैक प्रयास थालनी गरे पनि त्यो प्रयास २/४ महिनाको औषधी मात्रै वन्ने गरेको जिल्ला पशु सेवा कार्यालय ले जनाएको छ ।  जसका लागि प्रभावकारी अनुगमनको खाँचो रहेको उहाँले वताउनुभयो ।

मौसमी अनुगमन
दशै र तिहार जस्ता विशेष पर्वका अवसरमा मात्रै स्थानिय निकायहरुले वजार अनुगमन लाई तिव्रता दिदा त्यो मौसमी अनुगमनले उपभोक्ता अधिकारलाई संरक्षण गर्न नसकेको पाईएको छ । दशै तिहारलाई मात्र लक्षित गरेर गत महिना मात्र जिल्ला प्रशासन, प्रहरी , पशुसेवा कार्यालय दाङले घोराही क्षेत्रका मासु पसलहरुको अनुगमन थियो ।यसरी उपभोक्ताहरुको प्रत्यक्ष स्वास्थ्य संग जोडिएका मासुजन्य वस्तु , खाद्य वस्तु , तरकारी , दुग्धजन्य पदार्थ लगाएतका क्षेत्रमा हुने मौसमी अनुगमनले मानव स्वास्थ्यमा ठुलो प्रभाव देखिएको र उपभोक्ताहरु ठग्गीमा समेत पर्ने गरेको उपभोक्ता अधिकारकर्मि विनोद केसी वताउछन । उनले मासु पसलहरुको उदाहरण दिदै भने ‘महिनै पिच्छे सम्वन्धी सरकार कार्यालयहरुको आखाँ परे उपभोक्ताहरु खिया लागेको फलामा झुण्डाए , भनभन्ती झिगाँ वसेको मासु खान वाध्य हुनुपर्ने थिएन्न । तर त्यही अनुगमन कार्य फितलो हुदा उपभोक्ताहरु वाध्यतावंश नै त्यो समस्या भोगिरहेको उहाँले वताउनुभयो ।

अटेरी गर्ने व्यावसायीको मासु जफत गरी डम्पीङ साईडमा गाडियो
घोराही उपमहानगरपालिकाले सहमति अनुसार मासु पसल सञ्चालन नभएको भन्दै आज २४ किलो राँगा र बंगुरको मासु जफत गरेको छ । उपमहानगरपालिकाले व्यवसायीहरुको सहमति र सहभागितामा गठन गरेको मासु बजार अनुगमन समितिले सहमति पालना नगरेको भन्दै २४ किलो २ सय ग्राम मासु जफत गरेको हो । मासु बजार अनुगमन समितिका संयोजक एवं वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको नेतृत्वमा गएको अनुगमन टोलीले फ्रिजमा नराखि बाहिरै झुण्ड्याएर राखेको फेला पारेपछि जफत गरेको हो ।तिहार अघि मासु व्यवसायीहरुकै सहभागितामा सबै मासुहरु फ्रिजमा राख्ने सहमति कार्यान्वयन नभएपछि जफत गरेको अनुगमन टोलीले जनाएको छ । ८ वटा राँगा र २ वटा बंगुरको मासु पसलबाट उक्त परिणामको मासु जफत भएको हो । जफत गरेको मासुलाई उपमहानगरपालिकाले फोहोर फाल्दै आएको करौटी डाँडाँको डम्पीङ साईडमा गाडिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्