मुख्य समाचार

महिलाको शव फेला

By थाहा अनलाइन

October 25, 2017

 

सैघाली खबर दाङ,८ कार्तिक । दाङमा एक महिलाको बेवारिसे शव फेला परेको छ । तुलसिपुर उपमहानगरपालिका ५ स्थित बाहिनीचोक नजिक शब फेला परेको ईलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ । बिहान करिब ५ बजे उक्त शब फेला परेको हो । करिब ५० बर्षिय जस्तो देखिने उक्त शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शवको पोष्टमास्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसिपुरमा राखिएको छ ।