दाङमा साढे ३ लाख सहित १८ जुवाडे पक्राउ



सैघाली खबर,
दाङ ८ कात्तिक।
जुवाको खालबाट दाङमा सरकारी कर्मचारीसहित १८ जना पक्राउ परेका छन् । जिल्लाको देउखुरीमा जुवाको खालवाट सरकारी कर्मचारी, ठेकेदार सहिी १८ जनालाई पक्राउ गरिएको वडाप्रहरी कार्यालय लमहीले जनाएको छ ।

जुवाको खालबाट अहिलेसम्मकै सबैभन्दा बढी ३ लाख ५९ हजार रुपैयाँ बरामत गर्न प्रहरी सफल भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। प्रहरी कार्यालय घोराही, वडा प्रहरी कार्यालय लमही र ईलाका प्रहरी कार्यालय अमेलियाको संयुक्त विशेष प्रहरी टोलीले लमही नगरपालिका वडा नं। ७ तेलियामा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका ब्यक्तिहरुलाई जुवा ऐन अनुसार कारवाहीको तयारी गरिएको छ । जुवाको खालवाट ठुलो धनरासी र धेरै ब्यक्तिहरु पक्राउ परेको जिल्लाको यो नै सवैभन्दा ठुलो घटना रहेको वताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्