सी जिनपिङ पुनः सीपीसीको महासचिवमा निर्वाचित



सैघाली खबर,
८ कार्तिक ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ पुनः कम्युनिस्ट पार्टी ९सीपीसी० को महासचिवमा निर्वाचित भएका छन् ।सीपीसीको १९ औं महासभाले बुधबार बिहानको विस्तारित बैठकले दोस्रो पाँच वर्षे कार्यकालका लागि उनलाई पुनः निर्वाचित भएको घोषणा गरेको हो ।

बैठकमा राष्ट्रपति सीले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गरे ।

महाधिवेशनले सिलाई दोस्रो कार्यकालका लागि सर्वसम्मतले चयन गरेको हो । घोषित स्थायी कमिटीमा प्रधानमन्त्री ली खछ्याङ, ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ लिजी र हान चाङ छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्