अन्तर्राष्ट्रिय

६.६ म्याग्निच्युडको भूकम्प

By थाहा अनलाइन

October 25, 2017

सैघाली खबर, इन्डोनेसिया । इन्डोनेसियामा मङ्गलबार ६।६ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ ।

स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले बताए ।

भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको खतरा हुने सम्भावना नदेखिएको बताए ।