सैघाली खबर,
दाङ ८ कात्तिक।
दाङको तुलसीपुरमा अर्को महिलाको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालीका वडा नं ८ बटलपुरमा रहेको मयालु सामुदायीक बनको भित्र एक महिलाकोे शव फेला परेको हो ।
विहान ११ बजे तिर वन भित्र स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । शवको छेउमा एक शुसाईट नोट भेटीएको प्रहरीले जनाएको छ ।
शवको ३० मिटर उत्तर साईडमा एक पोईजनको डिब्बा पनि फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान हुन नसकेको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।