मुख्य समाचार

तुलसीपुरमा अर्को महिलाको शव फेला

By थाहा अनलाइन

October 25, 2017

सैघाली खबर, दाङ ८ कात्तिक। दाङको तुलसीपुरमा अर्को महिलाको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालीका वडा नं ८ बटलपुरमा रहेको मयालु सामुदायीक बनको भित्र एक महिलाकोे शव फेला परेको हो ।

विहान ११ बजे तिर वन भित्र स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । शवको छेउमा एक शुसाईट नोट भेटीएको प्रहरीले जनाएको छ । शवको ३० मिटर उत्तर साईडमा एक पोईजनको डिब्बा पनि फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान हुन नसकेको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।