तुलसिपुर स्थित अरनीको खेल मैदानलाई रंगशालाका रुपमा विकास गरिने



सैघाली खबर

दाङ ८,कार्तिक। तुलसीपुर तुलसीपुर नगरविकास समितिले पुर्णता पाएको छ ।समितिका अध्यक्ष यज्ञ वहादुर के.सी को पहलमा निर्मल आचार्य, कृष्ण वहादुर वस्नेत, विर वहादुर वली र दिल कुमारी घर्ती लाई समितिको सदस्यमा मन्त्रीस्तरिय निर्णय वाट मनोनित गरिएको हो । यता मनोनित सदस्यहरुले यक कार्यक्रमका विच सपथ ग्रहण गरेका छन समितिका अध्यक्ष यज्ञ वहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रममा उनि हरुले नगरविकास मितिले आफ्नो क्षेत्राधिकार भित्र रहि काम गर्नु पर्ने र तुलसीपुरलाई व्यवस्थित सहरको रुपमा विकास गर्दै लैजाने वताएका छन ।यता तुलसीपुरको एक मात्र खेल मैदान अरनिको मैदानलाई आधुनिक र वेवस्थितरुपमा विकास गर्न पहल थाल्ने समितिका अध्यक्ष के.सी ले जानकारी दिनु भयो । उहाँका अनुसार अरनिको मैदानमा मिनि रंगशाला निर्माण गर्नका लागि प्राविधिक टोलीले स्थलगत सर्वे समेत गरि सकेको छ । काठमाण्डौं र धनगडीको प्राविधिक टोलीले अरनिको मैदानमा सर्वे समेत गरेर अनुमानित लागत रिपोर्ट समेत केही दिनमा तयार गर्न लागेको छ । यता तत्काल संरक्षणका लागि भन्दै दुई वटा गेट निर्माण गरी सकिएको समितिका कार्यालय प्रमुख लिलावावु सिवाकोटीले जानकारी दिनु भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्