प्रदेश ५

एकदिने खुल्ला शैक्षिक समारोह

By थाहा अनलाइन

October 25, 2017

सैघाली खबर दाङ, ८ कार्तिक । अष्ट्रलिया अध्ययन गर्न जाने ईच्छुक विद्यार्थीहरुको लागि घोराहीमा एक दिने खुुल्ला शिक्षा समारोह हुने भएको छ । एक्सपेर्ट एजुकेशन भिजा सर्भिस सेन्टरले यही कार्तिक ११ गते घोराहीको भिङग्रेली भिलेजमा एकदिने खुल्ला शैक्षिक समारोह गर्ने भएको छ ।

बुधवार सेन्टरले पत्रकार सम्मेलन गर्दै वढ्दो वैदेशिक अध्ययनको मोहो संगै शैक्षिक पलायनको लहर सुरु हुदै गईरहेकाले दाङको घोराही वाट आएल्स अध्ययनको सुरु गरी अष्ट्रलिया जान चाहानेहरुका लागि शैक्षिक सेवा स्थापना गर्न लागिएको सेन्टरका प्रर्वन्धक रसिक श्रेष्ठले जानकारी दिनुभयो ।

दाङ लाई शैक्षिक उद्यमको विकासको नारा लाई निजि क्षेत्र वाट सहयोग पु¥याउदै सेवा सुरु गर्न लागिएको उहाँले वताउनुुभयो । उक्त पत्रकार सम्मेलनमा सेन्टर प्रर्वन्धक सुनिल राजभण्डारीले पनि दाङ शैक्षिक विकासका लागि आयल्सको अध्ययन नयाँ अभ्यास रहेको बताउनुभएको थियो ।