अक्टोबर क्रान्तिको शतवार्षिकी अवसर जनप्रर्दशनी



सैघाली खबर
काठमाण्डौ, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी वृहत जन प्रर्दशन गरेको छ ।

र्‍यालीसहित काठमाडौंका विभिन्न स्थानबाट खुलामञ्चमा भव्य कार्यक्रमको आयोजना गरेको हो ।

रुसमा लेनिनको नेतृत्वमा सन् १९१७ को अक्टोबर २५ मा जारको सत्ता ध्वस्त गरी सोभियत सत्ता स्थापना गरेका थिए । रुसी क्रान्ति सम्पन्न भएकोे १ सय वर्ष पूरा भएको सन्दर्भमा यो वर्ष विश्वभरी नै कम्युनिस्ट र समाजवादीहरुले विभिन्न कार्यक्रमका साथ ‘अक्टोबर क्रान्तिको शतवार्षिकी’ मनाउँदै छन् ।

यसै अवसरमा रुसको कम्युनिस्ट पार्टी अफ द रसियन फेडेरेशन ९सीपीआरएफ० अक्टोबर क्रान्तिको शताव्दीतिर भन्ने शीर्षकमा अपिल सार्वजनिक गरेको छ । अक्टोबर क्रान्तिको पृष्ठभूमि र क्रान्तिपछि विश्वमा यसले पारेको प्रभावबारे विभिन्न कार्यक्रम संचालन भइरहेका छन् ।

अक्टोबर क्रान्तिले सम्पन्न गरेको सोभियत सत्ता सन् १९१७ देखि १९९१ सम्म अर्थात ७४ वर्षसम्म कायम रह्यो । तर क्रान्तिको पहिलो दिनदेखि अन्तिम दिनसम्म पनि पहिलो समाजवादी क्रान्ति चर्चामा रहिरहेको मात्र होइन, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, विकास, व्यापार, विज्ञान÷प्रविधि, शिक्षा, मानव विकास, संस्कृतिक सम्बन्धमा मात्र नयाँ मार्ग उत्खनन् गरेर यथार्थमा प्रयोग गर्‍यो । विश्वबाट उपनिवेशवादको अन्त्य गर्दै एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका राष्ट्रिय मुक्ति र स्वाधीनता आन्दोलनको प्रेरणास्रोत रहिरह्यो । हाम्रा छिमेकी मुलुक चीन र भारत मात्र संसारभरका उपनिवेश भएर बसेका मुलुकका स्वाधीनताप्रेमीहरूका लागि सोभियत संघ त्यस्तो भरपर्दो सहयोगी थियो, सधैं स्वतन्त्रताप्रेमीलाई तन, मन र धनले सघाइरह्यो ।

त्यसैले क्रान्तिको पहिलो दिनदेखि नै स्वाधीनताविरोधी, शोषक, पुँजीपति र सामन्तहरू श्रमजीवीले कायम गरेको राज्यसत्ताविरुद्ध लागिरहे । १४ वटा देश मिलेर पनि आक्रमण गरे तर बोल्सेभिक पार्टीका नेता लेनिन र उनका सहयात्री र सहकर्मीले उत्कृष्ट सीप र कला कौशल प्रदर्शन गरेर कलिलो समाजवादी क्रान्तिलाई जोगाइछाडे । एक अमेरिकी इतिहासकारले लेखेका रहेछन्, ‘अक्टोबर क्रान्तिले सत्तरी दिन काटेपछि आयोजित सभा चलिरहँदा, हलबाट बाहिर हिमपात भइरहँदारहँदै निस्केर भ्लादिमिर लेनिन मज्जाले नाचेपछि कसैले सोधेछ, यति धेरै वर्षको संगतमा तपाईं नाचेको पहिलोपल्ट देखें । यसको कारण के होला रु

लेनिनले खुला सभामा भनेछन्, ‘पेरिस कम्युन ६० दिन ९२८ मार्च(२८ मे, १८७१० टिकेको थियो । तर तपाईं(हामीले गरेको सोभियत क्रान्तिले ६१ दिन पार गर्‍यो । मजदुरहरूको सत्ता सबैभन्दा बढी दिन जोगिएको खुसीमा म यति आल्हादित बनेको छु कि म त नाँच्न थालेछु । मलाई अझै धित मरेको छैन, आउनुहोस् साथीहरू हामी सबै यही खुसीमा फेरि नाचौं १’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्