३ लाख ५९ हजार सहित १८ जुवाडे पक्राउ




सैघाली खबर
दाङ, ८ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले गएराति ३ लाख ५९ हजार रकम सहित १८ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराति १ बजे लमही नगरपालिका वडा. नं. ९ तेली स्थित टंक अधिकारीको घरमा अबैध रुपमा जुवा खेली रहेको अबस्थामा प्रहरीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा दुर्गा सिंहले वताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङ बाट खटिएको प्रहरी टोलीले जुवाको खालबाट खालबाट रु ३ लाख ५९ हजार,८ सय ८५ रुपैयाँ फेला पारेको हो । जुवा खेल्ल प्रयोग भएको १६ थान कौडा समेत बरामत गरिएको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा लमही न.पा.वडा न.७ का टोप बहादुर वली, देवेन्द्र खडका वडा.न.६ भिम बहादुर घर्ती वडा नंंं.९ खिम लाल वली, लिला वली, बिमल खड्का, प्रकाश कार्की पक्राउ परेको उहाँको भनाई छ । यस्तै राजपुर गाउपालिका वडा न.७ का सरोज बस्नेत, मनोज बस्नेत,ईन्द्र बस्नेत ,भिम बहादुर भण्डारी,नरेन्द्र सिंह, सुभाष भण्डारी वडा नं. ६ का अजय कौशल, हरि प्रसाद भण्डारी रहेका छन् । यस्तै गढवा गाउपालिका वडा नं ६ का सन्दिप अधिकारी, रमेश मगर र राजेश कौशल पक्राउ परेका परेको सिंहले जानकारी दिनुभयो । सबैलाई जुवा मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी  आबश्यक अनुसन्धान भईरहेको सिंहले जानकारी दिनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्