डा.केसीको सत्याग्रहमा माओवादी केन्द्रको सर्मथन



दाङ,जेठ १५ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा कार्यन्वयन गर्नुपर्ने माग गर्दै अनसनका लागि दाङ आउनुभएका डा. गोविन्द केसीको अभियानप्रति नेकपा माओवादी केन्द्रले एक्यबद्धता जनाएको छ ।

 

माओवादी दाङका इञ्चार्ज एवं घोराही उपमहानगरपालिका मेयर पदका उम्मेदवार जीवन गौतम र उपमेयरका उम्मेदवार सिता चौधरीले भेट गरी एक्येबद्धता जनाउनुभएको हो ।

अस्पतालको स्तरबृद्धि गर्नेदेखि बिगत दश बर्षयता निरन्तर अस्पतालको विकासमा लाग्नुभएका गौतमले आफ्नो पार्टीको र डा. केसीको उद्देश्य मिलेको भन्दै अभियानप्रति एक्येबद्धता जनाएको बताउनुभयो ।उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि2 आँफूहरुले विगत देखि निरन्तर पहल गरिरहेको बताउनुभयो । ‘हामीले जुन कुराको माग गरिरहेका थियौं, अहिले डा. केसीले त्यहि विषयमा अनसन बस्दै हुनुहुन्छ, यसमा हाम्रो पूर्ण समर्थन छ,’ उहाँले भन्नुभयो, ‘केसीको मागले समग्र स्वास्थ्य क्षेत्र र दाङलाई फाइदा गर्छ ।’

उपमेयरका उम्मेदवार सिता चौधरी ‘प्रतिज्ञा’ स्वास्थ्य क्षेत्रका माफियाहरुले नेपालका स्वास्थ्य क्षेत्रमा निकै असर पु¥याएको बताउनुभयो । उहाँले डा. केसीको अनसनमा सबै दाङवासीले समर्थन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘माओवादी सरकारमा रहेको वेला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा भएको हो,’ चौधरीले भन्नुभयो, ‘अहिले केही शक्ति केन्द्रहरुले वुटवलाई राजधानी बनाउने उद्देश्यका साथ स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई अलमलाउने काम गरिरहेको छन् ।’ दाङलाई राजधानी नबनाउने चलखेलमा लागेका पार्टी तथा उम्मेदवारलाई आम जनताले स्थानीय तहको निर्वाचनमा राम्रोसँग देखाई दिने चौधरीको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्