राजनिती

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आजै डायलासिस गरिने

By Thah Online

November 27, 2019

प्रधानमनत्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

मंगलबार बिहान अचानक अस्वस्थ भएर महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गुणात्मक सुधार आएको चिकित्सकहरुले जानकारी दिएका छन् । उनको मुटुको चाल र ब्लड प्रेसर सामान्य हुन थालेपछि मुटुको औषधि कम गरिएको छ भने उनलाई बुधबार बेलुकासम्म डायलासिस गरिने चिकित्सकले जानकारी दिएका छन् ।

एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएपछि उनको तत्काल शल्यक्रिया गरिएको थियो भने मंगलबार दिउँसोदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बुधबार बिहानदेखि उनको स्वास्थ्यमा सुधार देखिएपछि बुधबार नै उनको नियमित डायलासिसमेत गरिने चिकित्सकले जानकारी दिएका छन् ।