खेलकुद

नेपाली यू–१९ टोली बंगलादेश जाँदै ,घरेलु टोलीसँग म्याच खेल्ने

By थाहा अनलाइन

October 26, 2017

सैघाली खबर, काठमाडौं ।आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसिया हुने यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ । नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । खेल शिखा प्रतिष्ठानमा हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ । यू १९ एसिया कप क्रिकेटमा एसियाका टेष्ट खेल्ने राष्ट्रहरुसहित आयोजक मलेसिया र नेपाल सहभागी हुँदैछन् ।