तुलसीपुरमा भेटिएका दुवै शवको पहिचान



सैघाली खबर,
दाङ ९ कात्तिक। हिजो तुलसीपुरमा भेटिएका दुवै शवको पहिचान भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर उप महानगरपालिका ८ मायालु सामुदायिक वन समूहमा भेटिएको महिलाको शवको पहिचान भएको हो।

हिजो दिउँशो वनमा भेटिएको शव तुलसीपुर ६ गोलौराकी संगीता बिकको भएको प्रहरीको भनाई छ । यही कार्तिक ४ गते टीकाको दिन तुलसीपुर ५ नयाँ बसपार्कस्थित माइतिमा टीका लगाउन जान्छु भनेर निस्किएकी संगिता सम्पर्कविहीन थिइन् ।

स्थानीयहरुकोे खबरपछि घटनास्थल पुगेको प्रहरीले शव नजिकै किटनासक औषधिको सिसि र सुसाइट नोट समेत फेला परेको थियो । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको शवलाई परिवारले पहिचान परेको प्रहरीले बताएको छ ।

त्यस्तै हिजो विहान बाहिनी चोक नजिकै सडकमा फेला परेका शव तुलसीपुर ६ डुम्रीगाउँकी ६० बर्षीया रामकुमारी आचार्य श्रेष्ठको भएको पहिचान हिजो नै भइसकेको थियो । श्रेष्ठको अत्याधिक मदिरासेवनका कारण मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नाबय उपरिक्षक राजेन्द्रप्रसाद आर्यालले जानकारी दिएनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्