अचम्मका कुरा

पाँच सय बर्ष पुरानो गाडिएको शवबाट अहिले पनि रगत बगेपछि

By थाहा अनलाइन

October 26, 2017

सैघाली खबर,

पाँच सय वर्ष पहिले मृत्यु भएको कुनै मान्छेको शरीरबाट अहिले पनि रगत आँउछ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तपाईँले यसलाई अपत्यारिलो कुरा या हावादारी कुरा पनि भन्न सक्नुहुन्छ ।

ष्लम झबनतर, अर्जेन्टिनामा एउटा त्यस्तै घटना भएको छ । जुन सुन्नासाथ जोकोहीले पत्याउनै सक्दैनन् । सन् १९९९ मा वैज्ञानिकको टोलीले अर्जेन्टिनामा ज्वालामुखीले १५ वर्षकी एक युवतीका शव फेला परेको थियो । उनीहरुले त्यो शव भेटनासाथ गरिएको परीक्षणले त्यो शव पाँच सय वर्ष पहिलै नै गाडेको पुष्टि भएको थियो ।

तर, जहाँबाट उनको शव निकालियो, त्यहाँ हेर्दा लाग्थ्यो त्यो शव केही दिनअघि मात्र गाडिएको हो । गाडिएको ठाँउको तापक्रम धेरै कम भएका कारण उनको शरीर, कपाल उनको अनुहार सबै नसडी सामान्य अवस्थामा थियो ।

उनलाई गाडेको ठाँउमा उनको शरीर कपडा मात्र नभएर केही मात्रामा सुन र चाँदीपनि भेटिएको थियो । जब उनको शरीर जाँच गरियो तब उनको शरिरमा रगत भेटिएको थियो ।

डाक्टरका अनुसार उनको रगतमा क्षयरोगको संक्रमण पनि देखिएको थियो । यो कुराले सबैलाई अचम्मित बनाएको छ । मृत्यु भएको पाँच सय वर्षपछि उनको शरीरमा टिबीको संक्रमण कसरी कायमै रह्यो भन्ने कुराले चिकित्सकलाई पनि अचम्मित पारेको छ ।

यसलाई लिएर अहिले पनि उनको रगतको परीक्षण भइरहेको छ । परीक्षणका क्रममा रगतमा क्षयरोग ९टिबी० को संक्रमण भएको पाइएपछि पाँच सय वर्षसम्म मृत शरीरमा टिबीको जीवाणु जीवित रहनुको कारण चिकित्सकको टोलीले खोजिरहेको छ ।

शोधकर्ताहरुका अनुसार यसभन्दाअघि कुनै पनि मृत शरीरमा यस किसिमका ब्याक्टेरिया भेटिएका थिएनन् । कारोवारमा खबर छ । ती किशोरीको शरीर सयौँ सालौँपछि पनि यति राम्रो अवस्थामा भेटिएको छ । उनको कपालसम्म पनि नझरेको अवस्थामा भेटिएको छ । यी किशोरीको शरीरले कयौँ रहस्य खोल्ने अपेक्षा गरिएको छ ।

चिकितस्कहरुले अहिले ती किशोरीको टिबीका ब्याक्टेरिया रहेको रगतको जाँच गरिरहेका छन् । जसबाट चिकित्सकहरुले कयौँ रोगको उपचार विधि पनि पत्ता लाग्ने आशा गरेका छन् । एजेन्सी