चितवन,जेठ १५ । चितवनमा मत गणना कार्य १७ गतेसम्म रोकिने भएको छ । निर्वाचन आयोगले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । आयोगको आज बसेको वैठकले निर्वाचन आयोगका सहन्याधिवक्ता गिताप्रसाद तिमिल्सनाको संयोजकत्वमा तीन सदस्य समिति बनाएको आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । समितिमा गृहमन्त्रालयका एक सचिव र एक जना एक जना प्रहरी नायव महानिरीक्षक सदस्य छन् । आयोगले आजैबाट फिल्डमा पुगेर काम गर्ने र जतिसक्दो चाडो प्रतिवेदन दिने आयोगले जनाएको छ ।
चितवनमा आइतवार राती मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछि आज आयोगको आकस्मिक वैठक बसेको हो । जिल्लाबाट आएको प्रतिवेदनका आधारमा आयोगले छानविन समिति बनाएको हो । अव छानविनपछि मात्र पुन मतदान गर्ने वा त्यहीँ मतपत्र गणना गर्ने भन्ने विषयमा आयोगले निर्णय लिनेछ ।
समितिले रिपोर्ट दिएपछि थप निर्णय हुने आयोग प्रवत्ता शर्माले बताए । भरतपुर महानगरपालिकाका २९ मध्ये २७ वटा वडाको मतगणना सकिएको छ । १९ वडाको मतगणना हुँदाहुँदै विवाद भएको थियो । २० नम्वर वडाको मत भने गणना हुनै वाँकी छ । ऐनको दफा ५० को उपदफा ४ मा अनधिकृत तवरले मतगणनास्थल कब्जा भएको पाइए कब्जाबाट असर परेका मतदान केन्द्रहरुको मतपत्रहरु बदर भएको घोषणा गर्ने र पुनः मतदान गर्ने व्यवस्था छ ।
मतपत्र च्यातिएपछि कांग्रेस र माओवादी चितवनले वडा नम्बर १९ को पुनः मतदान गर्न माग गरेका छन् । एमालेले भने च्यातिएका मतपत्र अलग गरेर मतगणना पुनः सुचारु गर्नुपर्ने माग गरेको छ । मतपत्र काण्डमा दलहरुबीच आरोप प्रत्यारोप पनि जारी छ ।त्यसैबीच आयोग प्रवत्ता शर्माले चुनाव सार्ने विषयमा आयोगमा कुनै जानकारी नआएको छैन । ‘बाहिर पत्रपत्रिकामा सुनेका छौँ । आयोगमा पनि यस्तो समाचार आयो भनेर कुरा भएको छ । तर, औपचारिक रुपमा केही जानकारी छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।