देशभरका ४५ जिल्ला सहित दाङमा पनि निवाृचन अधिकृतको कार्यालय स्थापना



सैघाली खबर

दाङ,९ कार्तिक । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखि ४५ जिल्लामा स्थापना भएका छन् ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० बाट प्राप्त जानकारीअनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु आजैदेखि सञ्चालनमा आएका हुन् । दोस्रो चरणमा प्रतिनिधि सभातर्फ १२८ र प्रदेश सभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हँुदैछ ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् ।

यस्तै, प्रदेश नं ४ का तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी ९बर्दघाटसुस्ता पूर्व०, प्रदेश नं ५ का पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया र नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

दोस्रो चरणमा एक करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । उक्त निर्वाचनका लागि आगामी कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

दाङमा मुख्य निर्बाचन सहित तीन वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्बाचन अधिकृतकारुपमा जिल्ला न्यायाधिस हेमन्त रावल रहनुभएको छ । दाङमा मतदाता ३ लाख ३८ हजार ९ सय ५३ जना रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्