टप फिचर

गुठी विधेयक ल्याउन सैद्धान्तिक सहमति

By Thah Online

November 28, 2019

सरकारले भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले बताए । गुठी विधेयक पनि एकीकृत विधेयकमै समेटिने प्रवत्ता बाँस्कोटाले बताए ।

यसअघि सरकारले ल्याएको गुठी विधेयकको चर्को आलोचना भएको थियो । विधेयकको विरोधमा काठमाडौंमा आन्दोलन नै चर्किएपछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।