प्रचण्ड र ओलीले एउटै बोली निर्वाचनको मिति सार्दैन



सैघाली खबर
काठमाण्डौ, ९ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न संघ र प्रदेशको निर्वाचन मिति कुनै वहान सार्न नमिल्ने बताएका छन ।
बुधवार वाम गठन्धनको संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आसन्न निर्वाचनको मिति कुनै वहानामा समयमै निर्वाचन सम्पन्न गर्नुको कुनै विकल्प नरहेको वताउनुभयो ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल प्रचण्डले आफूले निर्वाचन नहुने भनेर आशंका पनि नगरेको बताउन
भयो । उनले तीन दलका बीचमा सहमतिपछि निर्वाचन आयोगलाई अनुरोध गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले निर्वाचनका बारेमा संशय उत्पन्न भएको बताएपछि आफ्नो पार्टीले सरकार नछोड्ने निर्णय गरेको जानकारी दिनुभयो । उनले निर्वाचन सुनिश्चित नभएपछि सरकार नछाडेको उहाँले बताउनुभयो ।

अदालतको आदेशलाई सम्मान गर्दै दुईवटै मतपत्र बनाएको उनले दावी गरे।
बुधबार सर्वोच्च अदालतले गरेको फैसलाका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न वाम गठबन्धनद्वारा आयोजित सम्युक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘निर्वाचनको मिति राजनीतिक संवैधानिक, कानुनी, व्यवहारिक, नैतिक सम्भावना छैन।’

निर्वाचनको कार्यक्रम अगाडि बढी सकेको भन्दै उनले मतपत्रका कुरामा अल्झने समय नभएको बताए।
सत्ता पक्षका नेता नै आदालतमा मुद्दा हाल्न गएको भन्दै उनले त्यसले निर्वाचन नहुने हो कि भनेर झस्काएको बताए।

अदालतको मानहानीका विषयमा हालेको मुद्दाको अर्कै फैसला आएको बताए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्