गोली लागेर एकको मृत्यु



junदाङ, जेठ १५ । दाङमा हतियार पड्किदा एकजना नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ । दाङको घोराही उप–महानगरपालिका वडा नं. १० निवासी किसन थापाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

सोमवार दिउँसो साढे २ बजेतिर चुनावी सुरक्षाको लागि गाडिमा चढेर गस्तिमा जाँदैगर्दा हतियार पड्किएर थापालाई गोलि लागेको थियो । घाईते थापाको उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको एसपी सिंहले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाको लागि गढुवा क्षेत्रमा खटिएको सेनाको टोलि निर्वाचन सुरक्षाको लागि गस्तिमा रहेको बेला थापाले समातेको हतियार एकाएक पड्किएर थापाको घाँटीमा गोलि लागेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्