डा.केसीको अनसन स्थगित



जनक नेपाली
दाङ जेठ १५ । ११ औं सत्याग्रहमा बस्न दाङ आउनु भएका डा. गोविन्द केसीले अनसन स्थगित गर्नु भएको छ । आउँदो शुक्रवार सम्म अनसन स्थगित गर्नुभएको हो । दाङमा स्थापना गर्ने भनिएको मेडिकल कलेजको काम मन्त्री परिषदको सामाजिक समिति मार्फत अगाडी बढेपछि अनशन स्थगित गर्नु भएको हो । यद्यपी केसीले एकीकृत शिक्षा विधेक पास गरिनुपर्ने , प्रधानन्याधिश सुसिला कार्की माथिको महाअभियोग तुरुन्त फिर्ता लिनुपर्ने र १० औ सत्याग्रह सम्म सरकार संग भएका सम्पूर्ण माग पुरा नभए २० गते देखि काठमाण्डौ मै अनसन बस्ने बताउनुभयो ।

मन्त्री परिषदको सामाजिक समितिको आज बसेको बैठकले बैशाख ११ गतेको र आज बसेको बैठकको निर्णय बमोजिम प्रकृया बढाउँने भएपछि अनसन स्थगित गरेको डा. केसीले जानकारी दिनुभयो । यसका साथै घोराही स्थित राप्ती उपक्षेत्रिय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने सैद्यान्तिक सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहमति संगै दाङमा मेडिकल कलेज स्थापनाका लागि बाटो खुलेको केसीले भन्नुभयो । अब दाङका जसरी भएपछि मेडिकल कलेज स्थापना हुन्छ त्यसका लागि म लड्न तयार छु भन्नुभयो ।

कस्ता कस्ता छन् डा.केसीका माग
डा. केसीले राज्यका केही माफियाहरुले मेडिकल शिक्षा र स्वास्थय जस्तो संवेदनशिल विषयलाई व्यवसायिकरण गरेर लुटतन्त्र मचाइरहेकाले त्यो रोक्नुपर्ने बताउनुभयो । खासगरी एकीकृत शिक्षा विधेक पास गरिनुपर्ने , प्रधानन्याधिश सुसिला कार्की माथिको महाअभियोग तुरुन्त फिर्ता लिनुपर्ने , तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्की माथि कारबाहिका लागि संसदले तयार पारेको प्रतिवेदन तत्काल मन्त्रिमण्डल बाट पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने माग अघि सानु भएको छ ।
यस्तै १० औं सत्याग्रहमा गरिएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने माग समेत राख्नु भएको छ । जसअनुसार प्रत्येक प्रदेशमा कम्तीमा एक सरकारी मेडिकल कलेज खालिनुपर्ने र ५ नम्बर प्रदेशको मेडिकल कलेज दाङमा हुनुपर्ने , विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको नयाँ व्यवस्था सिफारिश गर्ने समिति तथा जाँचबुझ आयोग बनाउनुपर्ने , एमबिबिएस र बीडिएस कोर्षहरुको शुल्क ३८ लाख ५० हजार र १९ लाख ३२ हजार कार्यान्वयन गर्नुपर्ने , आईओएमलाई थप स्वायतता दिनुपर्ने , चिकित्सा शिक्षा ऐन पारित नहुन्जेल कुनै पनि बहानामा नयाँ मेडिकल कलेज नखोल्ने र सार्वजनिक शिक्षण संस्थामा शतप्रतिशत सिट छात्रवृतिमा हुने व्यवस्था गरिनुपर्ने माग अघि सार्नु भएको छ ।

 

पत्रकार महासंघ र नागरिक समाजद्धारा अभिनन्दन
दाङमा स्थापना गर्ने भनिएको मेडिकल स्थापनाका लागि दाङ आएका डा. केसीलाई पत्रकार महासंघ दाङ र नागरिक समाज दाङले अभिनन्नदन गरेको छ । स्वास्थ्य जस्तो मानिस संग प्रत्यक्ष सरोकार राख्ने सम्बेदनसिल विषयमा व्याप्त विकृति विसंगतिका विरुद्ध लड्दै आएको भन्दै अभिनन्दन गरेको थियो । त्यस अबसरका बोल्दै पत्रकार महासंघ दाङका पूर्वअधयक्ष एंवं प्रेस स्वतन्त्रता सेनानी शुसिल गौतमले दाङमा मेडिकल कलेज स्थापनाका लागि एउटा समिति बनाएर अगाडी बढ्ने वताउनुभयो । माओवादी केन्द्र दाङका ईञ्चार्ज एवं घोराही उपमहानरपालिका मेयर पदका उम्मेदवार जिवन गौतमले अवको एक महिनामा सबै प्रकृया अगाडी बढ्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्