टप फिचर

त्रिविमा जागिर खुल्यो

By थाहा अनलाइन

December 01, 2019

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले एकै पटक ७५० कर्मचारीको माग गरेको छ ।

विभिन्न सेवा र समूहका लागि खुल्ला ततथा बढुवा प्रतिस्पर्धा गरेर ती कर्मचारी पूर्ति गर्न लागिएको सेवा आयोगले जनाएको हो । आयोगले यसै पटकदेखि प्रतिस्पर्धाका लागि आवेदन दिन चाहनेलाई अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेको छ।

त्रिविले एकै पटक यति ठूलो संख्यामा कर्मचारी माग गरेको यो पहिलो पटक हो ।  त्रिविमा अहिले सात हजार भन्दा बढी कर्मचारी कार्यरत छन् ।