हुम्लाको खार्पुनाथमा नेकपा विजयी



हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी नेकपा विजयी भएको छ। नेकपाकी गाउँपालिका उपाध्यक्ष रुपा शाही ६९ मत बढी ल्याएर विजयी भएकी हुन् ।

शाहीले १४ सय ५४ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा शाहीले १३ सय ८५ मत ल्याएकी छन् । राप्रपा संयुक्तका दीपबहादुर शाहीले १० मत ल्याएका छन् ।

खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मत खसेको थियो । कुल ३३८७ मतदाता रहेको खार्पुनाथमा २८६९ मत खसेको हो । २० मत भने बदर भएको छ । गत असार ३ गते कर्णाली नदीमा भएको जीप दुर्घटनामा उपाध्यक्ष सिन्दु हमाल शाहीको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्