दाङ क्षेत्र नं. २ बाट महरा निर्वाचन लड्ने ।



सैघाली खबर
काठमाण्डौ १० कार्तिक । संविधान सभा ०६४ को चुनावमा नेता महरा क्षेत्र ३ बाट निर्वाचित हुन भएको थियो ।  कृष्णबहादुर महरालाई दाङको क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि संयुक्त वाम गठबन्धनले साझा उम्मेद्वारका रूपमा निर्णय गर्दै अघि सारे पछि विवाद मिलेको हो ।वाम गठबन्धनले प्रदेश नं ५ को मुख्य मन्त्री बनाउने गरि नेता शंकर पोख्रेललाई प्रदेश सभामा भिडाउने भनेपछि पोख्रेलले महरालाइ नै साझा उम्मेद्वार भनि खुसी व्यक्त गर्नुभयो । पहिले जस्तै भारी मतका साथ विजयी गराउने भन्दै दंगालीको प्रतिवद्ता व्यक्त गरे ।

 

यसपछि आत्मविश्वासका साथ जनताको भावना अनुसार नेता महराले यहि क्षेत्रलाई आफ्नो आधार मानेका छन् । केही समय अघि आफ्नो उम्मेदवारी पनि यहि क्षेत्रबाट घोषणा गरेका थिए । नेता महरा र पोख्रेलले दाङको यो क्षेत्रमा आ आफ्नो दाबी यथावत राखेका थिए ।दुबै नेताले दाङको यो क्षेत्र नछोड्ने अड्डी लिए पछि लामो समय विवादित बन्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्