अध्यक्षले गरे वन फडानि, पदाधिकारी वेखवर



शशिधर भण्डारी
प्यूठान, ११ कार्तिक ।
समुदायिक वन उपभोक्ता समितिका अध्यक्षको मिलोमत्तोमा ब्यापाक वन फडानी गरिएको छ । माण्डवी गाउँपालिका १ तिरामको त्रिवेणी सामुदायिक वनमा सालका काठ उपभोक्ता समितिका अध्यक्ष उमाकान्त अधिकारीको मिलोमत्तोमा स्थानीय बसन्त विटालु लगायतका टोलीले रातारात काठ तस्करी गरेको उपभोक्ता असोक विटालुले वताए ।

स्थानियका अनुसार रातारात सालका काठहरु फडानी गरिएको हो । जंगलको सालका रुखहरु मुढाको रुपमा तेस्र्याइएका छन्। उपभोत्ता समितिको निर्णय, वनको कार्ययोजना र जिल्लावनको अनुमपति विनै सामुदायिक वनमा सालका रुखहरु ढालिएकोप्रति स्थानिय उपभोत्ता आक्रोसित देखिएका छन्। सामुदायिक वनमा रुख कटानी गर्दा उपभोक्ता समितिले निर्णय गर्नुपर्छ। तर, त्रिवेणि सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष सचिव र कोषाध्यक्षलाई जानकारी विनै सालका रुखहरु काटिएका छन्।

धमाधम वन फडानी भइरहेका वेला त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष ऋषि अधिकारीले कुनै पनि आधिकारीक निर्णय नभइकनै काठ फडानी गरिएको जानकारी दिए । ‘सालका रुख काट्ने वा नकाट्ने निर्णय छैन् ्ऋले अधिकारीले भने‘वन समितिको निर्णय विना यसरी रुखहरु ढाल्नु राम्रो होईन। यदि उपाध्यक्ष विना कुनै निर्णय भएको छ भने मलाई जानकारी छैन।’

यस्तै सामुदायिक वनका कोषाध्यक्ष वलदेव सुवेदीले ढलेका, वाटोले फोलेका, र धोल्दो परेका रुखहरु उपभोक्तालाइ दिने गरिएपनि सग्ला रुखहरु काटने प्रचलन नरहेको वताए।

कोषाध्यक्ष सुवेदीले भने– “पुराना र ढलेका रुख उपभोक्तालाई दिने निर्णय भएको हो तर, काटन सुरु भएको छैन।”
“तपाईको वनमा त रुखहरु काटेर मुढा तेस्र्याईएका छन् त! तपाईले काटन सुरु भएको छैन पुराना ढलेका निकाल्ने निर्णय मात्र भएको भन्नुहुन्छ। यसवारे जानकारी छैन?” भन्ने प्रश्नमा सुवेदीले भने–“सग्ला रुखहरु काटने त निर्णय नै छैन। ढलेका र धोल्दा परेका रुख दिने भन्ने हो त्यो पनि आजकल होईन। वन समितिको निर्णय विना नै यसरी रातारात काठ काटनु त तस्करी नै भयो नि!

त्रिवेणी सामुदायिक वनका उपभोक्ता समितिका अध्यक्ष उमाकान्त अधिकारीले भने सामुदायिक वनको निर्णय वमोजिम नै काठहरु काटिएको दावि गरे। “उपभोत्तालाई आवश्यक परेका काटने भन्ने निर्णय भएको छ त्यसैले दुई जना उपभोक्तालाई आवस्यक परेकाले रुखहरु काटिएको हो” अध्यक्ष अधिकारीले भने “उपभोक्ता समितिले विगतमा निर्णय गरिसकेको कुरा होे। त्यसैले उपभोक्ताकै हितमा काटिएको हो।”

जिल्ला वन कार्यालयका रेन्जर हरि पौडेलले सालका रुख काटनका लागि जिल्ला वनले अनुमति नदिएको वताए। सामुदायिक वनवाट सालका रुख काटन उपभोक्ता समितिको निर्णय, कार्यविधि र वन कार्यालयको अनुमति आवश्यक पर्ने उनले वताए। सामुदायिक वनको निर्णयविना उपभोक्ताका लागि पनि सामुदायिक वनको कुनै चिज वेच्न नपाईने पौडेलको भनाई छ। उनका अनुसार निर्णय विना सामुदायिक वनमा लापरवाहि गरेको भए जोकोहिलाई पनि कानुन वमोजिम कारवाहि हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्