सल्यानमा ११ सय ९२ जना म्यादी छनोट



सैघाली खबर,
​सल्यान ११ कात्तिक, । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सल्यान जिल्लामा ११ सय ९२ जना म्यादी प्रहरी भर्ना गरिएको छ । २२ सय ४५ पुरुष र ४१९ महिला गरी कुल २६ सय ६४ जनाको आवेदन परेकामा परीक्षाबाट ११ सय ९२ जना छनोट भएका हुन् ।

‘शारीरिक तन्दरुस्ती, स्वास्थ्य परीक्षण लगायतका परीक्षाबाट ९५६ पुरुष र २३६ महिला छानिएको सल्यानका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए।
छनोट भएका म्यादी प्रहरीलाई अब १५ दिने तालिम दिएर कार्यक्षेत्रमा खटाइने प्रजिअ घिमिरेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले समन्वय गरेर मातहतका इलाका प्रहरी कार्यालयहरुबाट म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन स्थलमा खटाउने छ ।

प्रतिनिधिसभामा एक सिट र प्रदेश सभामा दुई सिट रहेको सल्यानमा १११ मतदान स्थल र १८० मतदान केन्द्र छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्