वाम गठबन्धनको डटेर सामना गर्न देउवाको निर्देशन



सैघाली खबर,
काठमाडौं ११ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन बामपन्थी गठबन्धनको डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले एकतावद्ध भएर चुनावी अभियानमा जुट्न पार्टीपंक्तिलाई आग्रह पनि गरे । शुक्रबार बालुवाटारमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बाम गठबन्धनविरुद्ध डटेर मुकाविला गर्दै प्रजातन्त्रको रक्षाका लागि गाउँ(गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिन निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले बामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहन पनि जोड दिए । कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले संविधानको मूल मर्ममाथिनै प्रहार गरेकालेसंविधानको रक्षा गर्न पनि आगामी निर्वाचनमा कांग्रेस विजयी हुनुको विकल्प नरहेको दावी गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्