घोराहीको मुख्य चोक नै अस्तव्यस्त



 

गिरिराज नेपाली
दाङ,११ कार्तिक । ‘आधा पक्की सडक जस्तो , आधा खोला जस्तो आधामा गाडी र आधामा बालुवा र गिट्टी । हेर्दा यस्तै छ तुलसीपुर चोक । पैदलयात्रु र सवारी चाप पनि उत्तिकै । गाडी हिड्ने ठाउ छैन पैदलयात्रु छिर्न मिल्दैन । अझै त्यसमा पनि धुलै–धुलेले हैरानै पारेको छ । नाक छोप्दै हिड्न वाध्य छन पैदल यात्री । विजोग छ तुलसीपुर चोकमा हिजो आज ।

निर्माण ठेकेदार कम्पनीले सडक मर्मत र ‘ पक्की’ काम नगरे पछि स्थानियहरुले निर्माण कम्पनीकोअख्तियारी लिई आधा सडक पक्की गरी धुलो मुक्त भए । तर आधाँ सडकको विजोग अझै उस्तै छ । उक्त सडकका निर्माणका लागि न सम्वन्धीत निर्मण कम्पनीले चासो देखाएको छ । न सम्वन्धीत कार्यालयले नै जसका कारण स्थानिय व्यापारीहरु दिन भरी नै मुख छोपेर पसलमा बस्न वाध्य भएका छन । तुलसीपुर चोकका ग्यास व्यापारी अनिल पौडेले आधा सडकको काम सकिए पनि आधा सडकको काममा निर्माण कम्पनीले चासो नदेखाउदा स्थानिय व्यापारीहरुले निकै सकस खेप्नु परेको उहाले बताउनुभयो ।

तुलसीपुर चोक देखी पश्चिमतिर एक सय ८० मिटर लम्वाई र २० मिटर चौडाई रहेको सडक १० मिटर चौडाइ मात्रै पक्की गरिएको छ । वाकी १० मिटरका लागि निर्माण सामाग्री थुपारिए पनि अझै निर्माण कम्पनी काम गरेको छैन । उहाले भन्नुभयो– ‘ बर्खाभरी हिलो गन्धले सतायो, अहिले धुलोले सताएको छ । ’ ठेकेदार कम्पनी र सम्वन्धीत कार्यालय बारम्बार भन्यौ । न कर्मचारीले सुने । न ठेकेदारले नै सुन्छन । निर्माण कम्पनीले सडक निर्माणको काम नगरे पछि हामीले आफै पैसा उठाई सडक निर्माण ग¥यौ । तर आधामा उस्तै छ । सडकका कारण धुलोका कारण स्थानियहरु व्यापारीहरु विरामी समेत परेको छन । विहान देखी बेलुका सम्म गाडी दौडेको दौडै गर्छन । गाडीको उडाएको धुलोले छाती र आखामा दुख्छन ।

आधा सडकको गुजराले तुलसीपुर चोक करिव एक वर्ष देखी चल्दै आए संगै सवारी दुर्घटनाको जोखिम समेत मोल्ने गरेको छ । १० मिटरको बाटामो ठेला , बस , मालवहाक गाडी , मोटरसाइकल , साइकल र पैदलयात्री सवै संगै हिड्नु पर्ने वाध्यता रहेको स्थानिय व्यापारी हरिप्रसाद त्रिपाठीले बताउनुभयो । उहाले भन्नुभयो– कयौ मोटरसाइकलले पैदलयात्रु लाई ठक्कर दिए गन्ती छैन । त्यो कसले जिम्मालिने हो । स्कूले विद्यार्थी लाई अझै मुस्किल छ । स्कूल जाने समयमा गाडीचाप पनि उस्तै हुन्छ । बाटो काट्ने ठाउ हुदैन । यस्तो दुख कहिले सम्म सहने हो ? धुलो उस्तै छदैछ । त्यसैमा साधुरो वाटोमा मान्छे र गाडीले चापले झनै अस्तव्यस्त बनाएको छ । विकासले सुख भन्दा वढि दुख दियो ।

 

निर्माण कम्पनीको लापरवाही  

२०७२ साल भदौ ५ गते देखी निर्माण सुरु गरी ०७२ मसान्त सम्ममा तुलसीपुर चोक निर्माण गरी सक्नु पर्ने गरी विजय विल्डर्सं निर्माण सेवाले ठेक्का लिए पनि हाल सम्म निर्माण कम्पनीले निर्माण पुरा नगरेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

निर्माण कम्पनीको लापरवाहीका कारण दुई वर्ष अघि नै पुरा भईसक्नु पर्ने तुलसीपुरचोक हाल सम्म पनि पुृरा नभएको सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी दुर्गा गौतमले बताउनुभयो । उहाले भन्नुभयो– निर्माण कम्पनीको वैमानीका कारण स्थानिय व्यापारहरु लाई अख्तियारी आधा काम पुृरा ग¥यौ ।

दुई पटक म्याद थप गरेर निर्माणका लागि आग्रह गरे पनि निर्माण कम्पनीले अटेरी गरेर दुख दिएको गौतमले बताउनुभयो । उहाले भन्नुभयो– विच सेन्टरबाट उत्तर–दक्षिण ५÷५ मिटर गरी १० मिटर चौडाइ र एक सय ८० मिटर लम्वाई र वरिपरी नाला सहित निर्माणको ठेक्का स्वीकृती गरिएको थियो । ठेक्का स्वीकृत अनुरुप निर्माण कम्पनीले काम नगरेको उहाले बताउनुभयो ।

तर निर्माण कम्पनीले दक्षिणतिर मात्रै नाला सहित पक्की मनोमानी रुपमा काम गरी आधा काम विचैमा छोडेर सम्र्पक विहिन भई हाल सम्म पनि निर्माणका लागि सम्र्पकमा नआएको उहाले बताउनुभयो । जम्मा ३८ लाखको लागतमा निर्माण सम्झौता भएको उक्त सडकको रकम करिव– करिव सवै निकासा भइसके पनि काम पुरा अझै निर्माण कम्पनीले गरेको उहाले बताउनुभयो । जसका कारण प्रत्यक्ष मारमा स्थानियहरु परेको छन ।

काम सकिएको निर्माण कम्पनीको दावी

निर्माण कम्पनीले ठेक्का सम्झौता अनुरुप आफुले सवै काम सकेको दावी गरेको छ । निर्माण कम्पनी विजय विल्डर्स निर्माण सेवाका खिम वहादुर केसीले सम्झौता अनुरुप १ सय ८० मिटर लम्वाई र १० मिटर चौडाईको काम सवै पुरा भएको बताउनुभयो । उहाले भन्नुभयो– ३८ लाखको लागतमा लिएको ठेक्का केही समय ढिला भए पनि सकेको छु । तर उत्तरतिरको १० मिटरमा वजेट नभएकाले काम गर्न सकेको छैन । 

ठेक्का भित्र त्यो दश मिटर परेको पनि छैन । त्यो कसले गर्ने हो त्यो मलाई थाहा छैन । स्थानियहरु आफै गिट्टी ल्याई निर्माणका लागि थुपारे पनि त्यो विजय विल्डर्सको ठेक्का नरहेको बताउनुभयो ।

ठेक्का स्वीकृती अनुरुपको डिजाईनमा आफुले काम गरे पनि डिभिजनले डिजाईन फेरेर काम गर्न निर्देशन दिएको केसीले बताउनुभयो । काम पुराभई सकेको छ । ‘ पुनः रि डिजाईनका आधारमा कसरी काम गर्न सकिन्छ । नाला निर्माणका लागि स्थानियहरु रोके पछि नालाको काम रोकेका उहाले वताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्