जेष्ठ १५ , दाङ । दशांै गणतन्त्र दिवसका अवसरमा सोमवार घोराहीको तुलसीपुर चोकमा शान्ती दिप प्रज्वलन गरिएको छ । स्थानिय शान्ती स
मिति दाङको आयोजनामा दिप प्रज्वलन गरिएको हो ।
स्थानिय शान्ती समिति दाङका संयोजक नेत्र प्रकाश पाण्डेको अध्यक्षता एंव पं्रमुख जिल्ला अधिकार मेघनाथ काफ्लेको प्रमुख आतिथ्यताका दिप प्रज्वलन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले समृद्धि र समुनत नेपालको परिकल्पनाका अवको आवश्यक्ता रहेकाले मुलुक लाई दिगो शान्ती स्थायित्व तर्फ लैजान नितान्त आवश्यक रहेको वताएका थिए । कार्यक्रमको सहजीकरण स्थानिय शान्ती समिति दाङका सचिव हेमराज अधिकारीले गर्नुभएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।