शान्ती समाज दाङको २० औ साधारण सभा




सैघाली खबर 

दाङ,११ कार्तिक । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २० औ साधारण सभा आज शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । शान्ति समाज दाङ शाखाका सभापति सुरेश हमालको सभापतित्व एबम न्याय परिषद्का सदस्य पदमप्रसाद बैदीकको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
सभाको उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुदै न्यायपरिषद्का सदस्य बैदीकले मंसीर १० गते र २१ गतेको प्रदेश र संघीय निर्वाचनमा प्रभाब पर्ने गरि अदालतले कुनैपनि काम नगर्ने बताउनुभयो । २ वटै निर्वाचन हुदैन की भन्ने आशंका गरिएको छ,यदी निर्वाचनलाई असर गर्ने गरि भएको कुनै फैसला छ भने एक बेच्चको फैसलालाई अर्को बेञ्चबाट सच्याउने बैदीकले बिश्वास दिलाउनुभयो ।
अदातलले राष्ट्रिय आधारमा खुल्ला प्रक्रियाबाट आबश्यकको आधारमा निकास निकाल्ने बताउनुभयो । उहाले संक्रमणकालको अन्त्यका लागि संबिधान कार्यान्वयन हुनुपर्ने बताउनुहुदै अझैपनि केही कानुन बन्न नसकेको भनाई राख्नुभयो । सहसचिब अमृतप्रसाद शर्मा र कोषाध्यक्ष निर्मला डाँगीले सांगठनीक तथा आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । साधारण सभाले दाङ जिल्लालाई मानव अधिकारमैत्री जिल्ला घोषणा गर्न पहल गर्ने,आगामी मंसीर १० र २१ गते हुने संघीय र प्रदेश सभा निर्वाचनलाई बिश्वसनीय,मर्यादीत र शान्ति पूर्ण रुपमा सम्पन्न सरकारसग माग गर्दै उम्मेदावर,राजनीतिक दल,आम मतदातालाई २० बुँदे अबधारण पत्रका बारेमा जानकारी गराउने,निर्वाचनको परिबेक्षण गर्ने निर्णय गरेको छ । डाँगी र सहजीकरण सहसचिब अमृतप्रसाद शर्माले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्