नारायणपुरमा १५ करोडको लगतमा बृहत खानेपानी योजना




सैघाली खबर

दाङ, ११ कार्तिक । नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण बृहत खानेपानी योजना अगाडी सारेको छ । समितिले स्थानिय सर्वसाधारणका लागि स्वच्छ खानेपानी पु¥र्याउने उदेश्यका साथ १५ करोड १४ लाख, १९ हजार ३ सय ३२ रुपैयाको लागनमा बृहत खानेपानीयोजना अगाडी बढाएको समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण)ले जानकारी दिनुभयो । निर्मानाधिन अबस्थामा रहेको योजनाको मन्त्रालयबाट अनुगमन भएको छ ।घोराही उपमहानगरपालिका वडा नम्बर १० झरवैरामा निर्माणधीन रहेको ओभरहेड ट्यांकको अनुगमन गरिएको थियो ।नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण)ले नेपाल सरकार र स्थानियहरुको संयुक्त सहयोगमा निर्माणाधीन अबस्थामा रहेको उक्त योजना संयुक्त सञ्चालन गरिएको जानकारी दिनुभयोआयोजना सम्पन्न भए पश्चात उहाँले १४ हजार बढि ८५ जनसंख्या यस आयोजनाबाट लाभान्वित हुने जानकारी दिनुभयो ।उक्त योजना बाट घोराही उपमहानगरपालिका वडा नम्बर ८, ९, १०, ११ र १२ का ३ हजार बढि घरधुरी शुद्ध खानेपानीबाट लाभान्विन हुने बताउनुभयो ।समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण)को अध्यक्षता एवं खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बि.सीको प्रमुख आतिथ्यमा अनुगम कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्