काठमाण्डौ ,जेष्ठ १५ निर्वाचन आचारसंहिताका कारण पुरानै कार्यक्रमलाई निरन्तरता दिंदै सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले २१ दशमलव ९ प्रतिशतले आकार बढाउँदै आर्थिक वर्ष २०७४र७५ का लागि बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्रीले चालु खर्च ८ खर्ब २ अर्ब ५३ करोड रुपैयाँ छुट्याए भने पूँजीगततर्फ ३ खर्ब ३५ अर्ब २७ करोडको बजेट टु्याए । वित्तीय व्यवस्थापनका लागि १ खर्ब ४० अर्ब रुपैयाँ छुट्याइएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।