जीवन बदल्नेको समिक्षा



सैघाली खबर

दाङ, १२ कार्तिक । पत्रकार दुर्गालाल केसीद्वारा लिखित पुस्तक ‘जीवन बदल्नेहरु’ को समिक्षा तथा जीवन बदलेका पात्रहरुसँग अन्तक्र्रिया कार्यक्रम आज घोराहीमा हुने भएको छ ।

घोराहीस्थित पत्रकार महासंघको हलमा अपरान्ह ३ बजे हुने कार्यक्रममा सहभागिताका लागि लेखक केसीले सबैलाई अनुरोध गर्नुभएको छ । 

कार्यक्रममा दासताबाट मुक्ती पाएर जीवन बदल्ने पात्रहरुको अनुभव आदानप्रदान तथा अन्तक्र्रिया समेत हुने आयोजक नेपाल युथ फाउण्डेशनले जनाएको छ ।

प्रथाका रुपमा रहेको कम्लहरी बसेका पात्रहरुको जीवनमा रहेर पुस्तक लेखिएको छ ।

कार्यक्रममा नेकपा एमालेकी नेतृ तथा पुर्व कम्लहरी शान्ता चौधरी, कम्लहरी विकास मञ्चका पुर्व अध्यक्षहरुको सहभागीता रहने लेखक तथा पत्रकार दुर्गालाल केसीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा जीवन बदल्ने पात्रहरुसंग अन्तरक्रिया समेत हुने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्