अज्ञात व्यक्तिको गोली प्रहारबाट ७ जनाको मृत्यु भएको छ । इराकको राजधानी बग्दादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सात जनाको मृत्यु भएको हो । बन्दुकधारीको गोली लागेर कयौं प्रर्दशनकारी घाइते भएका छन । घाइतेहरुको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढनसक्ने बताइएको छ ।
ट्रकमा आएका बन्दुकधारीहरुले अल सिनाक पुल नजिकै एउटा व्यापारीक भवनमा बसेका प्रदर्शनकारीलाई लक्षित गरेर गोली प्रहार गरेका हुन । सरकार विरोधी प्रदर्शनमा सहभागीहरुले जथाभावी गोली चलाएर सर्वसाधारणलाई त्रसित पार्न खोजेको आरोप लगाएका छन् ।
एकदिन अघि बग्दादमै अपरिचित ब्यक्तिको छुरा प्रहारवाट १३ जना घाइते भएका थिए । इराकमा अक्टोवरदेखि शुरु भएको प्रदर्शनमा ४ सय भन्दा बढीको मृत्यु भएको छ । बीस हजार मानिस घाइते भएका छन् ।
सरकार विरोधी प्रदर्शन तीब्र भएपनि समाधानको पहल भएको छैन । आन्दोलनकारीले संसद विघटन र राजनीतिक प्रणालीको सुधारको माग गर्दै आएका छन् । प्रधानमन्त्रीले राजीनामा दिने घोषणा गरेपछिपनि प्रदर्शन रोकिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।