गुल्मी, धेरै युवाहरुको सपना हुन्छ । विदेश जाने र पैसा कमाउने । प्रायःधेरै युवाहरु स्वदेशको मोह त्यागेर विदेशमा पसिना बगाउन तयार छन् । युवाहरुको छोटो समयमा धेरै पैसा कमाउने इच्छा । जसले वैदेशीक रोजगारमा धकेलीरहेको हुन्छ । त्यति मात्र होइन् । विदेश जाने भनेपछि परिवार पनि ऋणधन गर्न तयार हुन्छन् ।
तर मेहनत र लगनशीलताका साथ काम गरे स्वदेशमै पनि केही गर्न सकिन्छ । भन्ने गतिलो उदाहरण बनेका छन् । गुल्मी जिल्लाको रुरु गाँउपालिका –६ रिमुवाका चेतबहादुर बस्नेत ।
उमेरले ४८ वर्ष पुगेका बस्नेतले व्यवसायीक तरकारी खेती शुरु गरेको दुई वर्ष भयो । छाटो समयमै तरकारी खेतीबाट सफलता प्राप्त गरेका बस्नेत मौसम अनुसारका तरकारी उत्पादन गर्दै आएका छन् ।बस्नेतले अहिलेसम्म चार रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् ।
अहिले उनको बारिमा ग्रिनटप जातको बन्दा, सोनो मोस्टिक जातको काउली, ब्रोकाउली, मुला लगायतका तरकारी छन् । अहिले बारिमा लगाएका गोपिपछि भक्तपुरे लोकल काँक्रा, बोडि, सिमि लगायतका तरकारी लगाउने साँेच उनको छ । बस्नेतले उत्पादन गरेका तरकारी जिल्लाकै खैरेनी, बलेटक्सार तथा पैँचो पसलसम्म विक्रि हुन्छ ।
बस्नेतलले तरकारी खेतीसँगै माछापालन व्यवसाय पनि गरेका छन् । एउटा पोखरी मार्फत त्यसबाट सिँचाई र माछा पालन गर्दै आएका हुन् । गत बर्षको फागुनमा एक हजार भुरा राखेको पोखरीबाट अहिलेसम्म एक लाख २० हजारको माछा विक्रि गरेको बस्नेतको भनाई छ । भने पोखरिमा अझै दुई सयजति माछा रहेका छन् ।
तरकारी खेती गर्दा समस्या पनि छन् । व्यवसायिक खेतिको लागि सिँचाईको अभाव रहेको, ढडेलो लाग्ने गरेको जस्ता समस्या रहेको बस्नेतले बताए । कृषकका समस्या सुन्न र सहयोगका लागि अहिले स्थानीय सरकार छन् ।तर यसमा स्थानीय सरकारले कुनै सहयोग नगरेको बस्नेतले गुनासो गरे । त्यसो त प्रदेश सरकारले समेत कृषकका लागि अनुदानको व्यवस्था गरेको छ । तर अनुदान पाउन नसकेको बस्नेतले बताए ।
मेहनतका साथ तरकारी खेतीमा होमीएका बस्नेतले स्वदेशमै रोजगारिकै लागि विदेश जाने सोँच बनाएकाहरुलाई भने आफ्नै गाँउमा कृषि पेशा गर्न सुझाव दिए । तरकारी खेतीले बस्नेतलाई परिवारसँगै राखेको छ ।
घरमा श्रीमान–श्रीमती छन् । तरकारी खेतीको आम्दानीले छोराछोरीको पढाई खर्च र घरखर्च चलाएका छन् । सबै खर्च कटाउदाँ पनि मासिक औषत ३० हजारका दरले बार्षिक साढे तीन लाखभन्दा बढी बचत गर्छन् । रोजगारी भएन भनेर म्यानपावरको ढोका धाउँनु भन्दा बस्नेतले जस्तै गरेपनि हुन्न र ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।