फेसबुकले जुटायो ६१ हजार सहयोग



रेशम विक

रोल्पा ,१२ कार्तिक । रोल्पा नगरपालिका ४ का कुलराज सुनारका दुई सन्तान विरामी परेको बर्षाै वितिसक्यो उपचार गर्ने पैसा थिएन । आर्थिक कमजोर हुदा पटक /  पटक विरामी पर्दा सिटामोल किन्ने पैसा समेत सुनारको परिवार संग हुदैन थियो । सुनारका दुई सन्तान ४ वर्षका वीरे सुनार, २ वर्षका विकास सुनार कुपोषणले थलिएको बर्षाै वितिसक्यो तर उपचार हुन सकेन । सुनार परिवारका बारेमा स्थानिय पत्र पत्रिकामा समाचार प्रकाशन भएपछि त्यही समाचार फेसबुकमा पोष्ट गर्दा हाल भने पोर्चुगलबाट आर्थिक सहयोग प्राप्त भएको छ । पोर्चुगलमा बस्दै आएका नेपालीको तर्फबाट नगद ६१ हजार ५० रुपैया विक परिवारलाई प्रदान गरिएको छ ।

परिवारको आर्थिक कमजोर हुदा उहाँका दुई सन्तान कुपोषित भएका कारण उनिहरुको पालन पोषणका लागि पर्चुगलमा बस्दै आउनु भएका रमेशराज बास्तोलाले नगद ६१ हजार ५० रुपैया आर्थिक सहयोग प्रदान गर्नु भएको हो । लामो समय पछि जिल्लाका सञ्चारमध्यमहरुमा समाचार प्रसारणसँगै जिल्ला स्वास्थ्य कार्यालय रोल्पा र महिला तथा बालबालिका कार्यालय रोल्पा लगायतका सरोकारवाला निकायहरुले विभिन्न सहयोग प्रदान गरेका थिए । पोर्चगल संस्थाले सामाजिक सञ्जाल फेसबुक मार्फत थाहा पाएसँगै बास्तविक अवस्थाको अध्ययनबाट सहयोग रकम प्रदान गरेको बास्तोलाले बताउनुभयो ।

संस्थाले सहयोग रकम संयुक्त रुपमा रोल्पा नगरपालिकाका प्रमुख पुर्ण के.सी. र जनप्रतिनिधी दिलकुमारी बि.क.लाई हस्तान्तरण गर्नुभएको थियो । उहाँको अनुसार सो सहयोग रकम रोल्पा नगरपालिका, वडापालिका र बालबालिकाको आफन्तजनहरुको रोहबरमा मासिक रु ५ हजारका दरले ति बालकका लागि खर्च गर्नुपर्ने छ । सो सहयोग रकम सदुपयोग भएको भएमा पुनः संस्थाले सहयोग गर्ने समेत बस्तोलाले बताउनुभयो । कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरु लगायत सम्बन्धित निकायहरुको आतिथ्यता रहेको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बि.क.को अध्यक्षतामा सञ्चालन भएको सहयोग रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन उपाध्यक्ष देवीकुमारी गुरुङले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्