दाङ
नेपाल मगर बौद्ध सेवा समाज को एक दिने प्रशिक्षण कार्यक्रम तुलसीपुर मा सम्पन्न भएको छ । नेपाली समाजमा रहेको जातीय व्यवस्था को इतिहास र विभेद को असरको विषय मा प्रशिक्षण कार्यक्रम भएको हो ।
नेपाल मगर बौद्ध सेवा समाज दाङ का अध्यक्ष मणि बुढा मगर को अध्यक्षता एवम साम्सद डिल्ली चौधरी को प्रमुख आतिथ्यता एवम नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष गुरु प्रसाद घर्ती को विशिष्ट आतिथ्यता मा प्रशिक्षण कार्यक्रम भएको हो । प्रशिक्षण कार्यक्रम मा बोल्दै साम्सद डिल्ली चौधरी ले कुनै पनि सस्कार सस्कृती को संरक्षण को लागि आर्थिक पक्ष बलियो हुनु पर्ने बताए । त्यस्तै बौद्ध सेवा समाज को सहयोग को लागि आफु तत्पर र प्रतिबद्द्ता रहेको समेत बताएका छन ।
कार्यक्रम मा विशिष्ट अतिथि गुरु प्रसाद घर्ती मगर ले जातिय विभेद नहट्दा सम्म समुदाय र देश को विकास हुन नसक्ने बताए का थिए । नेपाल मगर बौद्ध सेवा समाज तुलसीपुर दाङ को आयोजना मा तुलसीपुर ५ नमो: छु बौद्ध विहार मा भएको कार्यक्रम को प्रशिक्षक मा डाक्टर केशव मान शाक्य , टि वि पुन , चन्देश्वर दास र चन्देश्वर सदा रहनु भएको थियो भने कार्यक्रम को सहजीकरण नेपाल मगर संघ तुलसिपुर का अध्यक्ष राम कुमार घर्ती मगर ले गर्नु भएको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।