श्रमजिवी पत्रकारको पारिश्रमिक अझै सुनिश्चित नभएको अध्यक्ष पराजुलीको भनाइ



उर्मिला यादव, सुनवल
न्युनतम पारिश्रमिक निधारर्ण समितीका अध्यक्ष गंगाधर पराजुलीले आफु न्युनतम पारिश्रमिक निर्धारण सिमितीको अध्यक्षमा चयन भए लगतै बिभिन्न मिडियामा काम गर्ने पत्रकारहरुको पारिश्रमिक एकदमै कम रहेको जनगुनासो आएको बताउनु भएको छ । श्रम जिवी पत्रकार ऐन २०५१ र न्युनतम पारिश्रमिक कार्यान्वयन, अवस्था र चुनौती बिषयक अन्तक्रिया कार्यक्रममा बोल्दै
पराजुलीले बिभिन्न जिल्लामा पुगेर बिभिन्न मिडियाका पत्रकारहरु संग छलफल गरी सरकारलाइ पारिश्रमिक बृद्धि गर्न सिफारिस गरेको बताउनु भएको छ । उहाले नेपाल सरकारले मिडिया बर्गीकरणलाइ आधार नमानेको बताउदै उहाले १५ /२० प्रतिशत देखि लिएर ५० प्रतिशत सम्म पारिश्रमिक मुल्य बृद्धि गर्नुपर्ने सिफारिस गरेकोमा सरकारले २५ प्रतिशत पारिश्रमिक मुल्य बृद्धि गरेको बताउनु भएको छ ।

उहाले ठुला मिडियाको लागी २४ हजार तीन सय २५ रुपैया र साना मिडियाको हकमा १७ हजार ६ सय २५ रुपैया पारिश्रमिक कायम भएको बताउनु भएको छ । यो पारिश्रमिक सरकारद्धारा निर्णय भैसकेपछि उक्त पारिश्रमिक बृद्धि भैसकेपछि आफुहरुले सरकारलाइ बैंकिंक प्रणालीबाट पारिश्रमिक भुक्तानी गर्नुपर्ने सिफारिस गरेको र त्यो भएपछि मात्रै श्रमजिवी पत्रकारले पारिश्रमिक पाउने सुनिश्चितता हुने बताउनु भएको छ । उहाले आफुहरुले चाहे जस्तै नै सरकारले पनि बैंकिंग प्रणालीबाट नै श्रमजिवी पत्रकारले पारिश्रमिक पाउने भनी सुचना प्रकाशित गरेको बताउदै तर अझै पनि पारिश्रमिक सुनिश्चित नभएको बताउनु भएको छ । जसका लागी यसलाइ अझै कडाइका साथ आफुहरु लागेको बताउदै यसमा पनि सुचना तथा संचार मन्त्रालयले एउटा परिपत्र जारी गरी जुन मिडियाले त्यहा काम गर्ने पत्रकार तथा श्रमजिवी पत्रकारलाइ बैंकिंग प्रणालीबाट पारिश्रमिक दिन्छन ति मिडियालाइ मात्र सरकारले प्रदान गर्ने सेवा सुबिधा दिने अन्य मिडियालाइ बन्चित गरेको निर्णय गरेको जानकारी दिनु भयो ।


पराजुलीले जिल्ला जिल्लामा स्थापना भएका मिडिया हरु सस्टेन हुन नसकिरहेको अवस्थामा रहेको बताउनु भयो । त्यसको लागी समानुपातिक बिज्ञापन , प्रणाली गर्नुपर्ने नभए सरकारले लागत दिनुपर्ने लगायत आफुहरुले त्यसै अनुरुपको सुझाव सरकारलाइ दिइरहेको बताउनु भएको छ ।

उहाले स्थानिय क्षेत्रमा चलेका संचार मिडिया एवम पत्रपत्रिका लाइ टिकाउनका लागी सरकारले उपयुक्त निर्णय लिनुपर्ने बताउनु भएको छ । उहाले स्थानिय स्तरमा रहेका मिडियालाइ कसरी टिकाउन सकिन्छ त्यस बारेमा स्थानिय सरकारले गम्भिर रुपमा सोच्नुपर्ने बेला आएको बताउनु भएको छ ।

पराजुलीले स्थानिय स्तरमा पत्रकार महांसंघ र प्रेस युनियनले लबिंग गर्नु पर्ने बताउनु भएको छ । उहाले स्थानिय स्तरमा रहेका मिडियालाइ टिकाउने बातावरण बनाइदिने भुमिका निर्वाह गर्नेुपर्नेमा जोड दिनु भएको छ । पछिल्लो पटक सरकारले आम संचारका लागी बिभिन्न बिधेयक ल्याउन लागेको जानकारी दिदै स्थानिय मिडियालाइ टिकाउनका लागी स्थानिय स्तरबाट नै लबिंग गर्नुपर्नै बताउनु भएको छ । उहाले सरकारले लोककल्याणकारी बिज्ञापनमा स्थानिय मिडिया , पत्रपत्रिका लगायत बिभिन्न अनलाइनलाइ पनि बिभेद गर्न नहुने बताउनु भएको छ । उहाले सबै मिडियालाइ समान रुपमा हेर्नुपर्ने भन्ने सरकार संग आग्रह गर्दै आइरहेको समेत जानकारी गराउनु भएको थियो । उहाले स्थानिय स्तरमा रहेका मिडियाहरु कसरी संचालन गर्न सकिन्छ यसमा मिडियाका पदाधिकारीले सोच्नुपर्नेमा जोड दिनु भयो ।

उहाले पत्रकारिता गर्ने पत्रकारहरु आफनो क्षमता अभिबृद्धि गरी प्रबिधि अनुरुप आफुलाइ क्षमतावान बनाउनुपर्नेमा जोड दिनु भएको थियो । उहाले पत्रकारितामा लामो समय आवद्ध रहनका लागी श्रमजिवी पत्रकारहरु आफु जिम्मेवार र क्षमतावान बन्नुपर्नेमा आग्रह गर्नु भएको थियो । उहाले आफु क्षमतावान र जिम्मेवार बन्न सके मात्र जुनसुकै मिडियामा टिकेर काम गर्न सक्ने र सोहि अनुरुप आफनो पारिश्रमिक स्वतह बढने बताउनु भएको छ । उहाले मिडियाका संचालकहरुले जसरी पत्रकारहरुलाइ काममा लगाउनु हुन्छ त्यसरी नै आठ घण्टाको न्युनतम पारिश्रमिक निर्धारण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

अध्यक्ष पराजुलीले सुचना बिभागको कार्ड नहुदा अहिले पत्रकारहरुको बिमा समेत रोकिएको जानकारी दिनु भएको थियो । उहाले गतबर्षमा लगभग ४÷५ सय मात्र सुचना बिभागको कार्ड बितरण गरीएको जानकारी दिनु भएको थियो । उहाले नेपाल सरकारले सबै पत्रकारका लागी भनेर जीवन बिमा गर्ने भनेर बजेट को ब्यवस्था गरेको तर अघिल्लो बर्ष २ सय ५४ जनाको मात्र जिवन बिमा भएको बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ पत्रकार किशोर नेपालले सरकारले मिडिया पारिश्रमिक समितीले निर्धारण गरेको १७ हजार साना मिडियाको लागी पारिश्रमिक तोकिएको र यो उनीहरुको क्षमता भन्दा बाहिरको कुरा भएको बताउदै यो सब भ्रमजाल भएको बताउनु भएको छ । उहाले आफैलाइ बलियो बनाउने सरकारको धन्दा भएको समेत गुनासो गर्नु भएको थियो । उहाले सरकारले निर्धारण गरेको पारिश्रमिक कहिल्यै पनि हुन नसक्ने बताउदै सरकार चार खुटटेको घरजम बनाउन खोजेको बताउनु भएको छ । उहाले हामी स्वतन्त्रताको बाटोमा हिडेमा मात्र सफलता प्राप्त गर्न सक्ने बताउनु भएको छ ।

न्युनतम पारिश्रमिक निधारर्ण समिती संचार रजिष्टारको कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको संयोजनमा आज शनिबार परासीमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका पुर्व सभापति केशव पराजुली ,नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्मा ,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्मा ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी , नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल , प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी ,रामग्राम नगरपालिकाका नगरप्रम्ुख नरेन्द्र कुमार गुप्ता , लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले आफुले भोग्दै आएका समस्या चुनौतीका बिषयमा जिज्ञासा राखेका थिए भने पत्रकारहरुबाट राखिएको जिज्ञासाको जवाफ न्युनतम पारिश्रमिक निधारर्ण समितीका अध्यक्ष गंगाधर पराजुलीले दिनु भएको थियो । कार्यक्रममा पश्चिम नवलपरासीका विभिन्न मिडिया ,पत्रपत्रिका लगायतका क्षेत्रमा कार्यरत स्थानिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्