मध्यरातमा ग्यास सिलिण्डर पड्केर आगलागी : एक जनाको मृत्यु



काठमाडौं, मंसिर २२ । विराटनगरमा ग्यास सिलिण्डर पड्केर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।शनिबार मध्यराति आगलागी हुँदा विराटनगर-२ शनिहाटका जयप्रसाद दाहालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले प्रहरीलाई खबर गर्दा उनी जलेर मृत भेटिएका थिए। परिवारसँग काठमाडौं बस्दै आएका दाहाल शुक्रबार मात्र विराटनगर आएका थिए। एक्लै घरमा रहेका बेला कोठामा ग्यास पड्केर आगो लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तर, ग्यास पड्केको आवाज भने स्थानीयले थाहा नपाएको प्रहरीले जनाएको छ। घटना अनुसन्धानका लागि प्रहरी टोली खटाइएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्