त्रिशूलीमा ट्रक खस्यो, चालकको मृत्यु



सैघाली खबर,
धादिङ, १२ –कात्तिक ।धादिङ बेनिघानट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटबाट ट्रक त्रिशूली नदीमा खस्दा चालकको ज्यान गएको छ ।
शनिबार दिउँसो मुग्लिङबाट सिमेन्ट बोकेर काठमाडौंका लागि छुटेको ना ६ ख ४४१५ नम्बरको ट्रकको अगाडिको टायर पड्किएर त्रिशूलीमा खस्दा घाइते भएका चालक मकवानपुर हाडीखोलाका २५ वर्षका विशाल अर्यालको उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।
सहचालक हेटौंडाका २० वर्षका सुनिल तामाङको भने उपचार भैरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्