गत मंसिर १४ गते भएको उपनिर्वाचनको परिणाम राष्ट्रपति कार्यालयमा पुगेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज उपनिर्वाचनको मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका हुन् ।
विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कार्यकारी पदमा गत मंसिर १४ गते उपनिर्वाचन भएको थियो ।
निर्वाचन आयोगका अनुसार ३७ जिल्लामा एक उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३, प्रदेशसभा सदस्य ३, र प्रतिनिधिसभा सदस्य १ गरी कूल ५२ पदका लागि निर्वाचन भएको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।