चीनका वैज्ञानिकले एकपटक पुनः आफ्नो वैज्ञानिक प्रविधिले संसारभरीका मानिसहरुलाई अचम्मित तुल्याएको छ । यसपटक चिनियाँ वैज्ञानिकहरुले बाँदर र सुँगुरको जीनबाट नयाँ प्रजातिको जनावर पैदा गरेका छन् । यसलाई ‘बाँदर–सुँगुर प्रजाति’ नाम दिइएको छ । मिडिया रिपोर्ट अनुसार सुँगुरका दुई बच्चाको मुटु, कलेजो र छालामा बाँदरका तन्तु छन् । सुँगुरका यी दुई बच्चा स्टेट सेल र प्रजनन जीव विज्ञानको स्टेट प्रयोगशालामा पैदा भएका थिए तर जन्मिएको एक हप्ताभित्रै यी दुईको मृत्यु भयो ।द मिररको रिपोर्ट अनुसार बेइजिङको स्टेट सेलकी प्रमुख प्रयोगशाला र प्रजनन जीवन विज्ञानका वैज्ञानिकलाई मान्ने हो भने यो बाँदर–सुँगुरको पहिलो रिपोर्ट हो ।
वैज्ञानिकका अनुसार पाँच दिनका पिगलेट भ्रुणमा बाँदरको स्टेम कोसिका थिए । तर यी दुई बाँदर–सुँगुरको मृत्यु किन भयो भनेर स्पष्ट हुन सकेको छैन । वैज्ञानिकका अनुसार उनीहरुको मृत्यु आइभीएफ प्रक्रियामा कुनै प्रकारको समस्याका कारण भएको हुनसक्छ ।स्मरण रहोस्, यो प्रयोग स्पेनिश वैज्ञानिक युआन कार्लोस इजिपिसुआ बेलमोन्टेले दुई वर्ष अघि गरेको प्रयासलाई अनुसरण गर्दै गरिएको हो। द न्यू साइन्टिस्ट पत्रिकाको रिपोर्टमा बताइए अनुसार तांग हाइ र उनको समूहले जुआन कार्लोसको सोचलाई अघि बढाएका हुन् र आनुवंशिक रुपमा संशोधित बाँदर कोसिकालाई ४ हजारभन्दा बढी सुँगुरको भ्रुणभित्र हालिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।