ट्रकले बालिकालाई ठक्कर दिएपछि तनावग्रस्त बनेको कोहलपुरमा प्रहरीले गोली चलाएको छ। विद्यार्थीबाट शुरु भएको आन्दोलनले उग्ररुप लिएपछि भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।
प्रहरीले चलाएको रबर बुलेटबाट २४ जना आन्दोलनकारी घाइते भएका छन्। आक्रोशित भीडले इलाका प्रहरी कार्यालय कोहलपुरको क्यान्टिन तोडफोड गरेका छन् । जिल्लाबाट बोलाइएको ठूलो संख्याका प्रहरीले भीडलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। आक्रोशित भीडले प्रहरीलाई ढुंगा प्रहार गरेका छन्। कोहलपुर तनावग्रस्त बनेको छ।
जिल्ला सुरक्षा समितिले कोहलपुरमा कर्फ्यू लगा लगाएको छ। ‘विहान ९ बजेर बजेर ५० मिनेटमा ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिंदा कोहलपुरकी १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएपछि आक्रोशित विद्यार्थीले ट्रक जलाइदिएका थिए। त्यसपछि प्रहरीसँग झडप भएको थियो। लाठी चार्ज भएपछि विद्यार्थी अझ उग्र भएका थिए ।
आफ्ना छोराछोरीमाथि प्रहरीले लाठी चार्ज गरेको देखेपछि स्थानीय बासिन्दा आक्रोशित हुँदै आन्दोलनमा मिसिएका थिए। स्थानीय बासिन्दाले साथ दिएपछि त्रिभुवन मावि अगाडिबाट प्रहरीलाई लखेट्दै इलाका प्रहरी कार्यालय पुर्याइएको थियो। प्रहरीलाई भीडलाई नियन्त्रण गर्न दर्जनौ हवाइफायरका साथै आन्दोलनकारीलाई ताकेर रबरको गोली हानेको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। उनलाई रिफर गरिएको छ। बालिकालाई काठमाडौं ल्याउने तयारी भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।