दाङ, पन्चकन्यालाई पुजागरी राष्ट्र व्यापी नृत्य बिद्याको महासंग्राम डान्स आईकन नेपाल (डिआईएन)को भव्यतम् शुभारम्भ गरीएको छ ।
डान्स आईकन नेपाल (डिआईएन)को प्रथम तथा द्धितिय श्रीङ्खलाहरु भव्यतमका साथ सुसम्पन्न भईसकेपछि तेश्रो संस्करणको घोषणा आज दाङमा गरीएको हो ।
नृत्यक्षेत्रका प्रतिभाहरुलाई राष्ट्रिय प्लेटफर्म दिने उदेस्यले संचालनमा आएको डान्स आईकन नेपाल (डिआईएन)लाई आज जिल्लामा पत्रकार सम्मेलन मार्फत बैदिक बिधि बिधान अनुसार दिप प्रज्वलन तथा पन्चकन्याहरुलाई पुजागरी समुद्घाटन गरी बिधिवत् कार्यक्रम लन्च गरीएको डीटेन ईन्टरटेन्मन्ट प्र.लिका अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।
दाङ जिल्लालाई आधार बनाएर प्रदेश नं ५ का सबै जिल्लाहरु र अनलाईन अडिसन मार्फत देशैभरी अडिसनको व्यवस्था मिलाईएको नृत्यको महासंग्रामको सबै तयारी पुरा गरीएको आयोजकले जनाएको छ ।
डान्स आईकन नेपाल (डिआईएन)का प्रमुख सल्लाहकार केशव परीयारको सभाअध्यक्षता एवं संस्कृतिविद् तथा वरिष्ठ कलाकार मथुरा प्रसाद श्रेष्ठको प्रमुख आतिथ्य एवं टाईटल प्रायोजक कलाप्रेमी अभियान बस्नेतको विसिस्ट आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङ साखाका अध्यक्ष सबिन प्रियासन ,नेपाल प्राध्यापक संघका केन्द्रिय सदस्य प्रकास श्रेष्ठ, नेकपाका जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ, सगरमाथा डेन्टल क्लिनिकका संचालक तथा चिकित्सक ईश्वर प्रसाद पौडेल, कलाकार तेज जंग थापा, डाईरेक्टर द्रोण आचार्यले कार्यक्रमको भव्यतम सफलताको सुभकामना व्यक्त गर्नुभएको थियो ।
मोफसलबाट संचालनमा आएको डान्स आईकन नेपाल (डिआईएन) सर्बाधिक सफल नृत्य बिद्याको महासंग्राम हो । तत्कालिन डान्स आईकन दाङ (डिआईडि) का विभिन्न टाईटल बिजेताहरु देशकै सर्बाधिक ठूलो नृत्य को प्रतियोगितामा आफ्नो कला देखाईसकेका छन् ।
डान्स आईकन नेपाल (डिआईएन)मा बिजेता हुने र अन्य फाईनलिस्टहरुले १ लाख ११ हजार १ सय एक रुपैयाँ सहित २० वटा अफिसियल म्युजिक भिडियोहरुमा अभिनय गर्नै अबसर, प्रमाण पत्र, मेडल तथा विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नै छन् । पौष महिनाभरी अडिसन लाई बिकट तथा दूर दराजका ग्रामिणभेगहरुमा अडिसन लिई विभिन्न चरणहरुमा प्रतिस्पर्धा गराई सहभागिहरुको मनोबल, क्षमता, तथा व्यक्तित्व बिकासमा महत्वपुर्ण टेवा पुर्याउने कार्यक्रमको लक्ष्य रहेको आयोजकले जनाएको छ ।
बि.संको नयाँ बर्षमा समापन गरीनेगरी व्यवस्था मिलाईएको नृत्यको महासंग्राममा करीब ५ हजार जनाले भाग लिने अपेक्षा गरीएको छ ।
दाङ जिल्लाका विभिन्न भेट्रान व्यक्तिहरु सल्लाहकार तथा सहयोगी रहेको कार्यक्रमले देशैभरी आफ्नो छाप छोड्ने दावी गरीएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।