१३औँ सागअन्तर्गत पोखरामा भएको महिला टि–२० क्रिकेटको उपाधि बंगलादेश जितेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा बनाएको थियो। बंगलादेशले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा ४ रन मात्र बनाउन सक्यो।
बंगलादेशका बलरले श्रीलंकाका ब्याट्समेनले खुलेर ब्याट चलाउन सकेनन्। ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका ८९ रनमै आउन भयो। बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन्। श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन्।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।